५ सयको सिमेन्ट ७ सय ७० मा बिक्रि

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 28, 2020 | 06:19:38 PM मा प्रकाशित

laxmi  sunrise bank

सिमेन्टको बजार माग र आन्तरिक उत्पादनको तुलना हेर्दा सिमेन्टमा नेपाल आत्मनिर्भर छ । वार्षिक १२० लाख टन सिमेन्ट नेपालमा खपत हुँदै आएको व्यवसायीको अनुमानित तथ्यांक छ । तर नेपालमा सञ्चालित सिमेन्ट उद्योगसँग वार्षिक १४० लाख टन सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको उद्योगीहरुको दाबी छ । नेपालमा हाल ६१ सिमेन्ट उद्योग सञ्चालित छन् । 

उद्यमीले भन्ने गरेको उत्पादन मूल्य झुठो

हाल नेपालमा सिमेन्टको उद्योगमै पर्ने मूल्य भने ओपीसी र पीपीसी बीच एक बोरामा करिब सय रुपैयाँको फरक छ । उद्योगबाटै खरिद गर्दा एक बोरा पीपीसी सिमेन्टको मूल्य ६२५ रुपैयाँदेखि ६६० रुपैयाँसम्म पर्छ । ओपीसी सिमेन्टको उद्योगमै पर्ने मूल्य एक बोराको ७ सयदेखि ७७० रुपैयाँसम्म छ ।

यो मूल्य दक्षिण एसियाकै महँगो हो । नेपाली सिमेन्टको उत्पादन लागत नै महँगो भएका कारण उपभोक्ता धेरै मूल्य तिर्न बाध्य हुनु परेको सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापा बताउँछन् । तर उद्योगीहरुले भन्ने गरेको लागत मूल्य झुठो रहेको सरकारी अध्ययनले देखाएको छ । 

उद्योग विभागले केही समयअघि गरेको अध्ययन अनुसार एक बोरा सिमेन्टको लागत मूल्य जम्मा ५२२ रुपैयाँ देखिएको छ । तर उद्योगीले भने पिएससी, पीपीसी र ओपीसी सिमेन्टको लागत मूल्य फरक फरक हुने गरेको बताउँछन् । 

‘नेपालमै क्लिङ्कर बनाएर सिमेन्ट उत्पादन गर्ने उद्योगहरुको लागत केही कम हुन्छ’ एक उद्योगीले भने, ‘तर सबै उद्योगले आफैँ क्लिङ्कर उत्पादन गर्न सक्दैनन्, बजारमा एकरुपता कायम गर्न पनि आफैँ क्लिङ्कर बनाउने उद्योगले पनि सस्तोमा सिमेन्ट बेच्ने कुरा आउँदैन ।’

सरकारी अध्ययन गलत

उद्योगीहरुले सरकारी अध्ययन गलत रहेको बताएका छन् । भन्सार, पूर्वाधार कर, उत्पादन कर र आयकर तिर्दातिर्दै उद्यमीको लागत बढ्ने भएकाले सरकारले भनेको प्रतिबोरा ५२२ रुपैयाँ लागत शुल्क गलत रहेको उद्यमी बताउँछन् ।

‘चुनढुङ्गा क्षेत्रको बन प्रयोग वापत सरकारलाई छुट्टै क्षेत्रमा बन किनेर दिनुपर्ने उद्योगीको बाध्यता छ, यो किन नदेखेको ?’ एक उद्योगीले प्रश्न गरे, ‘गौडा गौडामा बसेर सरकार शुल्क लिन्छ, सरकारका सबै निकाय कमाउने अभियानमा छन् । उद्योगीले तिरेको शुल्क त लागतमै जोडिने हो, यी सबै कुरा फिल्डमा गएर अध्ययन नगरी लागत त ५२२ रुपैयाँ पो रहेछ, उद्योगीले बढी फाइदा लिए भनेर हल्ला फैलाउने ?’ 

उद्यमीका अनुसार फरक फरक ग्रेडको सिमेन्ट उत्पादन हुने भएकाले पनि लागत फरक पर्ने गर्दछ । नेपालमा हाल ३३ र ४३ ग्रेडका सिमेन्ट उत्पादन हुँदै आएका छन् । उद्योगीले ५३ ग्रेडभन्दा माथिको सिमेन्ट उत्पादन हुने दाबी गरेपनि गुणस्तर तथा नापतौल विभागले ४३ सम्मको मात्रै ग्रेड तोकेको छ ।

यसअघिः

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved