दुर्गम ठोरीमा पहिलो लघुवित्त बैंक संचालनमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 24, 2017 | 09:32:41 AM मा प्रकाशित

laxmi  sunrise bank

रुपन्देहीको बुटवलमा केन्द्रिय कार्यालय रहेको जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक लिमिटेडले पर्साको ठोरीमा शाखा संचालनमा ल्याएको छ। 

जनउत्थान सामुदायिक लघुवित्त नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त संस्था मध्य त्यस दुर्गम ठोरीमा शाखा संचालन ल्याउने पहिलो वित्तीय संस्था बनेको छ। सो शाखाको उद्घाटन पाल राष्ट्र बैंकका निर्देशक तथा सह–प्रबक्ता राजेन्द्र पण्डितले गरे।

सो अवसरमा निर्देशक पण्डितले जनउत्थान सामुदायिक लघुवित्त बैंक राष्ट्र बैंकको इजाजत प्राप्त बैंक भएकोले ढुक्क भएर बैंकिङ्ग कारोबार गर्न सर्बसाधारणसँग आग्रह गरेका छन। तल्लो वर्गका जनतालाई लक्षित गरेर आफ्नो वित्तिय कारोबार संचालन गर्ने भएकोले नेपालको गरिबी निवारणमा लघुवित्त बैंकको महत्वपूर्ण भूमिका रहेको भन्दै ग्रामिण क्षेत्रका जनताको जीवनस्तर उकास्न सहयोग गर्ने उनले बताए।

ठोरी गाविसमा कुनै पनि बैंक तथा वित्तिय संस्था नहुँदा यहाँका जनताले बैंकिङ्ग सेवा प्राप्त गर्न नसकि रहेको अवस्थामा यस बैंकको स्थापनाले उत्पिडित समुदायमा वित्तिय सेवा पुर्याउदा यहाँका जनताको समृद्धि हुनेमा आफूले विश्वास लिएको उनले बताए। 

यस अवसरमा लघुवित्तका संचालन समितिका अध्यक्ष यमबहादुर वि.के. ले परम्परागत सीप र पेशालाई लक्षित गरी लगानीका क्षेत्रहरु पहिचान  गर्दै स्वरोजगार बनाउने उद्देश्यका साथ बैंकले काम गरिरहेको बताए । बैंक तथा बित्तिय संस्था नहुदाँ आफूहरुले नगद तथा बहुमुल्य बस्तु घरमा राखी जोखिम उठानु परेका बताएका थिए । स्थानिय तहमा सम्पूर्ण सेवासुविधा नहुदाँ भारत केन्द्रित बजार भर पर्नु परेको बताए। 

सर्बदलिय समितिका संयोजक रामप्रकाश कुँवर, बुद्धिजिवि केशवप्रसाद रेग्मी, निवर्तमान गाविस अध्यक्ष उद्धवप्रसाद सापकोटा लगायतले बैंक तथा वित्तिय संस्था स्थापना सँगै सर्वसाधारणको निक्षेप संकलन गर्ने ब्यवस्था मिलाईदिन र सटही केन्द्र स्थापना गर्न पहल गरिदिन नेपाल राष्ट्र बैंकका निर्देशक पण्डितसँग आग्रह गरे।  

बैंकका प्रमुख कार्यकारी अध्यक्ष श्री राम पोख्रेलले बैंकको हालसम्मको प्रगती प्रतिवेदन प्रस्तुत गर्नुका साथै बैक सदैव ठोरी वासीको वित्तिय सहयात्रीको रुपमा स्थापित हुने कुरामा आफु आशावादि रहेको बताए।   


 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved