काठमाडौँमा अब बहुतले पार्किङ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 25, 2020 | 08:51:46 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ उपत्यकामा बहुतले पार्किङको सम्भावित अध्ययन सुरु भएको छ । ‘वी ब्युल्ड कन्ट्रक्सन’ले काठमाडौँको पार्किङलाई व्यवस्थित बनाउन यसबारे छलफल थालेको हो । 

‘चीनबाट सुरु भएर विश्वका विभिन्न देशमा सफल भएको भर्टिकल पार्किङ सिस्टम नेपालमा पनि ल्याउन सकिन्छ’ वी ब्युल्डीकी प्रमुख कार्यकारी अधिकृत सुकीर्ति शर्माले भनिन्, ‘थोरै क्षेत्रफलमा धेरै गाडी पार्किङ गर्न सकिन्छ, २ आना जग्गामा २० वटासम्म गाडी पार्किङ गर्न सकिन्छ ।’ 

उनका अनुसार एकपटक बनाईसकेपछि ५० वर्षसम्म टिकाउको ग्यारेन्टीसहित अहिलेकै अवस्थामा प्राडो र पजेरो जस्ता गाडी पार्किङ गर्न सकिने प्रविधि चीनको इजी पार्कसँग मिलेर वी ब्युल्डले नेपालमा भित्र्याउँदैछ । यसरी भर्टिकल पार्किङ क्षेत्र निर्माण गर्दा एउटा गाडी अट्ने ठाउँ बनाउन ८ देखि १० हजार डलर खर्च लाग्छ । तर वर्षौसम्म टिकाउ हुने भएकाले यो खर्च ५ वर्षमा नै उठ्ने उनको दाबी छ ।

‘यो खर्च सुन्दा ठूलो लाग्ने मात्रै हो, तर व्यवसायिक प्रयोजन सुरु भएपछि ५ वर्षमा नै उठ्छ’ शर्माले भनिन्, ‘यो प्रविधिबाट ७ दिनमा नै पार्किङ क्षेत्र तयार हुन्छ र यसले शहरको सुन्दरता पनि बिग्रनबाट बचाउँछ ।’

उनले काठमाडौँ महानगरपालिकासहित विभिन्न निकायमा छलफल भईरहेको र कोरोना भाइरसका कारण काममा केही ढिलाई भएको बताईन् । वी ब्युल्डले सन् २०२१ को सुरुबाटै नेपालमा यसको व्यवसायिक सुरुवात गर्ने लक्ष्य लिएको छ । तत्काललाई न्युरोड, दरबारमार्ग र बबरमहल क्षेत्रलाई केन्द्रित गरेर सम्भावित अध्ययन भईरहेको शर्माको भनाई छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved