मनास्लुको दशौँ  शाखा अब मनकामनामा, बन्यो 'पहिलो विकास बैङ्क'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 25, 2017 | 02:44:04 AM मा प्रकाशित

laxmi  sunrise bank

गोरखाको बसपार्कमा प्रधान कार्यालय रहेको मनाश्लु विकास बैङ्कले आफ्नो दशौ शाखा गोरखाको मनकामनामा विस्तार गरेको छ । धार्मिक, ब्यापार र पर्यटकिय रुपमा प्रख्यात मनकामनामा शाखा खोल्ने मनाश्लु विकास बैङ्क पहिलो विकास बैङ्क समेत बनेको छ । 

गोरखा, तनहु र चितवन गरी तिन जिल्लाबाट सेवा दिदै आएको बैङ्कले सोमबारबाट मनकामनामा सेवा सञ्चालनमा ल्याएको हो । मनाश्लु विकास बैङ्कका सञ्चालक समितीका अध्यक्ष बिजय मल्लको अध्यक्षतामा भएको शाखा उद्घाटन कार्यक्रममा मनकामनाका स्थानिय इश्वर मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
 
४३ हजार भन्दा बढि ग्राहक रहेको मनाश्लु विकास बैङ्क चालु बर्षको छ महिनाको पौष मसान्तसम्म २ अर्ब २४ करोड निक्षेप संकलन गर्न सफल भएको र कर्जा लगानी १ अर्व ९४ करोड रहेको बैङ्कका प्रवन्धक दुर्गाराम पुरीले जानकारी दिए । साथै बैङ्कले ४ करोड ८४ लाख रुपैया मुनाफा गर्न समेत सफल भएको प्रवन्धक पुरीले जनाएका छन् । 

गोरखाको लक्ष्मी बजारमा एक्सटेन्सन काउण्टर रहेको मनाश्लु बैङ्कको बसपार्कमा प्रधान कार्यालय सगैं आरुघाट, घ्याम्पेशाल, पालुंटार, तनहुको डुम्रे, तुरतुरे, दुलेगौडा, चितवनको नारायणगढ, टाँडी र पर्सामा रहेका आफ्नो शाखाबाट सेवा दिदै आएको छ ।
 
हाल बैङ्कले गोरखामा रहेको प्रधान कार्यालय सगैं सबै शाखाबाट मोबाइल बैंकिङ्क सेवा, सेफ डिपोजिट लकर सेवा, सुन चादी धितो कर्जा जस्ता सेवा दिइरहेको छ । बिजपाटीसंगको  कुराकानीमा बैङ्कका प्रवन्धक पुरीले बैङ्कको सबल र सकरात्मक पक्ष हालसम्म बैङ्कको निस्कृय कर्जा शुन्य रहेको दावी समेत गरे।

हाल बैंकको चुक्ता पुंजी ३० करोड ८३ लाख रुपैयाँ रहेको छ। बैंकले गत आर्थिक बर्षको कमाईबाट लगानीकर्तालाई १८ प्रतिशत बोनस सेयर बितरण गरेको छ भने ५० प्रतिशत हकप्रद समेत बिक्रि गरेको छ। ओम डेभलपमेन्ट बैंकसंग मर्जरको प्रक्रियामा रहेकाले हाल बैंक सेयर कारोबार रोक्का गरिएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved