२६ वर्षपछि भवन सहिंता अद्यावधिक, अब यस्तो हुनेछ घर बनाउने मापदण्ड

समुन्द्र घिमिरे

समुन्द्र घिमिरे

Aug 10, 2020 | 03:57:01 PM मा प्रकाशित

laxmi  sunrise bank

२६ वर्षपछि भवन सहिंता अद्यावधिक भएको छ । सन् १९९४ को संहितालाई पुनर्लेखन गरेर तयार गरिएको संहिता मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ । 

पुरानो संहिताले सामान्य विधि उल्लेख गरेको थियो भने अद्यावधिक संहितामा विभिन्न देशमा चलिआएका र भविष्यमा आउन सक्ने विधिलाई ध्यानमा राखेर तयार पारिएको शहरी विकास मन्त्रालयले जनाएको छ । १०५ः१९९४ संहिता कार्यान्वयनमा रहेकोमा मन्त्रिपरिषद्बाट अध्यावधिक राष्ट्रिय भवन संहिता (भवन कोर्ड) १०५ः२०२० स्वीकृत गरेको हो ।

सबै खालका भवनलाई भूकम्प प्रतिरोधी बनाउन आवश्यक पर्ने संरचनागत डिजाइनसहितको मापदण्डलाई समावेश गरेर राष्ट्रिय भवन संहितालाई अध्यावधिक गरिएको शहरी विकास मन्त्रालय शहरी विकास आवास भवन महाशाखाका प्रमुख नवराज प्याकुरेल बताउँछन् । उनका अुनसार नेपालमा १९९४ कै पुरानो संहिता लागु भएकोमा २०७२ सालको भुकम्पपछि संहिता अद्यावधिक गर्नुपर्छ भन्ने कुरा चलेको थियो । 

सोही अनुसार २ वर्षमा मौलिक नेपाली विज्ञहरुको संलग्नतामा भूकम्प प्रतिरोधी सुरक्षित भवन निर्माण गर्न भवन संहिता अध्यावधिक गरिएको उनले जानकारी दिए । अन्तराष्ट्रिय विज्ञका रुपमा नेपाली मुलका राजेश ढकालको सहयोगमा विभिन्न देशमा गएका भूकम्प, प्रचलिवत भवन संहिता एवम् नयाँ अनुसन्धान, प्रविधि र ज्ञानको विकासका आधारमा संहिता अद्यावधिक गरिएको हो । 

‘भवन संहिता कोडको प्रयोग गरी बनाइएको भवन भूकम्प प्रतिरोधि रहन्छ । उक्त कोर्डको प्रयोग भएपछि भूकम्पबाट सुरक्षित भइन्छ’ उनले भने । संहिताको मुख्य उद्देश्य सबै भवनलाई भूकम्प प्रतिरोधी बनाउनु हो । यस संहिताले व्यक्तिगत भवनदेखि विभिन्न स्थानीय तहले बनाउने भवनहरुलाई समेट्छ । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का स्ट्रक्चरल इन्जिनियर तथा संहिता निर्माण समितिका सदस्य विपीनकुमार गौतम १० भन्दा बढी भूकम्पीय जोखीम भएका देशको संहिताको अध्ययन गरेर नयाँ संहिता तयार पारिएको बताउँछ् । उनका अनुसार नेपाल, भारत, चीन, पाकिस्तान, वंगलादेश लगायतका देशमा गएका भूकम्पको अध्ययनका आधारमा भविष्यमा आउन सक्ने जोखिमको अध्ययन गरी ठाउँ अनुसारको छुट्टा छुट्टै नक्सा बनाईएको छ । 

भवनको प्रयोग र महत्वका आधारमा संरचनात्मक डिजाइन गर्दा कुन भवनमा कुन प्रकारको सुरक्षा अवलम्बन गर्ने भन्ने कुरा संहिताले निर्देशित गर्ने उनले जानकारी दिए । अद्यावधिक गरिएको संहितामा संरचनाको मात्र नभएर गैर संरचनात्मक (भवन भित्र राखिको वस्तु) वस्तुको सुरक्षा समेतको अध्ययन गरिएको हो । 

भवन कोर्डको मुख्य उदेश्य जुनसुकै सामग्रीबाट बनाईएको भवन भूकम्प प्रतिरोधि बनाउनका लागि डिजाइन मार्गदर्शन हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved