प्रतिष्ठान घाटामा राखेर बोनस खान पल्केकालाई लाग्यो लगाम 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 28, 2017 | 03:46:34 AM मा प्रकाशित

laxmi  sunrise bank

संसदबाट शुक्रबार बोनस पाचौँ संशोधन विद्येयक बहुमतले पारित भएको छ । विद्येयक अर्थमन्त्री कृष्णबहादुर महराले सदनमा प्रस्तुत गरेका थिए । बिधेयकले घाटामा गएका कम्पनीहरुमा अहिले बोनस बाँडिदै आएकोमा त्यसलाई निरुत्साहित गर्ने व्यवस्था गरेको छ ।

विद्येयक पास भए सँगै घाटामा गएका संस्थाले बोनस वितरण गर्न नपाउने भएका छन् । सो विधेकमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महराले घाटामा जाने प्रतिष्ठानले पनि लाभांश वितरण गर्ने जस्ता विकृति रोक्न सरकारले यस्तो विधेयक ल्याएको बताए ।

अर्थमन्त्री महराले छलफलमा उठेका प्रश्नको जवाफ दिँदै भने “जसले नाफा कमाउने हो, त्यसले मात्र बोनस वितरण गर्न हो, घाटामा हुनेले बोनस वितरण गर्न हुँदैन, घाटामा जानेले पनि वितरण गर्ने विकृतिलाई रोक्न सरकारी प्रतिष्ठानलाई मात्र केन्द्रित भएर विधेयक ल्याइएको हो ” ।

विधेयकमाथिको छलफलमा सांसदहरु चुडामणि जङ्गली, प्रेम सुवाल, पेम्वा लामा सहभागि भएका थिए ।


 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved