सिद्धार्थ डेभलपमेन्टको शाखा कार्यालय लेकसाइडमा स्थानान्तरण

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 28, 2017 | 05:54:02 AM मा प्रकाशित

laxmi  sunrise bank

सिद्दार्थ डेभलपमेन्ट बैंकले पोखराको सभागृहस्थित शाखा कार्यालयलाई लेकसाइडमा स्थानान्तरण गरेको छ। बैंकका सञ्चालक समितिका सदस्य दिनेश शंकर पालिखे र बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कँडेलले संयुक्त रुपमा सो शाखाको उद्घाटन गरे। 

यससंगै सिद्दार्थ डेभलपमेन्ट बैंकको शाखा संख्या ६१ पुगेको छ। बैंकले ६१ शाखा, २ एक्स्टेन्सन काउन्टर, ६८ शाखारहित बैंकिंग सेवा केन्द्र तथा ८२ ए.टी.एम मार्फत् ग्राहकहरुलाई बैंकिंङ सेवा प्रदान गर्दै आएको छ । 

बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा ७२ करोड ६० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। यस अवधिमा ७४ अर्ब ९३ करोड रुपैयाँ निक्षेप संकलन गरि ६२ अर्ब ६५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।    

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved