सर्त सहित नुनको मूल्य बढाउने तयारी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 29, 2017 | 04:13:37 AM मा प्रकाशित

laxmi  sunrise bank

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले शर्त सहित सरकार समक्ष नुनको मूल्य बढाउन प्रस्ताब गरेको छ। नुन आयात लागत भन्दा मूल्य निकै सस्तो भएकाले कर्पोरेशन घाटाको गएको भन्दै उसले सरकारसमक्ष बार्षिक ३५ करोड अनुदान दिए नुनको भाउ नबढाईने बताएको छ। 

सरकारले बार्षिक ३५ करोड अनुदान उपलब्ध गराउन नसक्ने हो भने प्रतिकिलो ७ रुपैयाँसम्म मूल्य बढाउने प्रस्ताब उसले आपूर्ति मन्त्रालयमा  लगेको छ।हाल कर्पोरेशनले १८ रुपैयाँ ५० पैसामा प्रति प्याकेट बिक्रि गरिरहेको छ। यदि मूल्य बढ्यो भने प्रति प्याकेट २५ रुपैयाँ पर्ने छ। 

मूल्य बढाउन आएको प्रस्ताब बारे अध्ययन भईरहेको आपुर्तीं मन्त्रालयका प्रवक्ता सूर्यप्रसाद श्रेष्ठले बताएका छन। आवश्यकता हेरेर यस सम्बन्धी निर्णय गरिने उनले जानकारी दिएका छन। आपूर्ति लागत र मूल्य बढेकाले कर्पोरेशनलाई बार्षिक ३५ करोड घाटा लागेको भन्दै मूल्य बढाउन या अनुदान उपलब्ध गराउन कर्पोरेशनले प्रस्ताब गरेको उनले बताए।

कर्पोरेशनका अनुसार अहिले नुनको प्रति प्याकेट लागत २१ रुपैयाँ पर्दछ। उसले डिलरलाई प्रति प्याकेट १६ रुपैयाँ ५० पैसामा दिन्छ। उपभोक्ताले बजारमा प्रति प्याकेट १८ रुपैयाँ ५० पैसामा खरिद गर्दछन। संस्थाले आयोडिन नुन प्रति प्याकेट ५ रुपैयाँ र ढिके नुन प्रति किलो ३ रुपैयाँ  नोक्सानी बेहोर्दै आएको जनाएको छ। 

सरकारले अनुदानको रुपमा बार्षिक ३५ करोड रुपैयाँ उपलब्ध गराएको अवस्थामा नुनको मूल्य नबढ्ने कर्पोरेशनले जनाएको छ। नेपालमा बार्षिक १ लाख ६० हजार मेट्रिक टन नुन खपत हुन्छ। जसमा आयोडिन युक्त नुन ६० प्रतिशत र ढिके नुन ४० प्रतिशत रहेको छ।  

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved