तोडियो बिगतको परम्परा, लेखा समितिको सभापतिमा सत्ता पक्ष कै उम्मेद्वार बिजयी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 31, 2017 | 12:14:14 AM मा प्रकाशित

laxmi  sunrise bank

 ब्यबस्थापिका संसदको लेखा समितिको सभापतिमा माओबादी सांसद डोरप्रसाद उपाध्याय चयन भएका छन् ।  सोमबार भएको मतदानबाट कांग्रेस- माओवादीका संयुक्त उम्मेदवार डोरप्रसाद उपाध्याय सभापितमा विजयी भएका हुन्। उनले प्रतिपक्षी गठबन्धनका उम्मेदवार पशुपति चौलागाईंलाई ७ मतले पराजित गरेका हुन् । कुल ३९ मत खसेकोमा उपाध्यायले  २३ मत पाए भने  चौलागाईंले १६ मत मात्र पाए।  सत्तापक्षमा रहेको राप्रपाले प्रतिपक्षी दलका उम्मेदवारलाई भोट दिएका थिए । 

समितिका यस अघिका सभापति जनार्दन शर्मा गत साउनमा ऊर्जामन्त्री भएपछि ७ महिना देखि सो पद खाली थियो। 


५१ सदस्यीय लेखा समितिमा नेपाली कांग्रेस र एमालेका समान १५/१५ सदस्य छन् भने माओवादी केन्द्रका ७ सदस्य छन्। त्यस्तै राप्रपाका दुई र अन्य साना दलका १० सदस्य छन्।  सभापति बन्न सामान्य बहुमत अर्थात् २६ मत ल्याउनुपर्ने हुन्छ। तर उपस्थिति न्यून भएकाले खसेको मतको बहुमतको आधरमा उपाध्याय बिजयी भएका हुन् । 

सार्वजनिक लेखा समितिको नेतृत्व प्रतिपक्षीलाई दिने परम्परा रहेको भएपनि अहिले सत्ता पक्षले सभापति अाफ्नो पक्षमा पारेको हो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved