रेलको विवादित ठेक्का स्थगित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 08, 2020 | 09:21:12 AM मा प्रकाशित

laxmi  sunrise bank
रेल विभागले रेल्वेका विवादित ठेक्का स्थगित  गरेको छ । भौतिक पूर्वाधार तथा यातयात मन्त्रालय अन्तर्गतको रेल विभागले पूर्व-पश्चिम रेलमार्गको काक्कडभिट्टा-इनरुवा खण्ड निर्माणको विवादित ठेक्का स्थगित गरेको हो। विभागको रेल, मेट्रोरेल र मोनोरेल डेभलेपमेन्ट प्रोजेक्टले सार्वजनिक सूचना जारी गरी रेलमार्गको ठेक्का स्थगित भएको जनाएको हो  ।

जग्गाको मुआब्जा वितरण टुंगो नलाग्दै १०६ किलोमिटरको रेलमार्ग बनाउन ५४ वटा प्याकेजमा ठेक्का आह्वान गरिएको थियो ।  कसलाई कुन ठेक्का दिनेसम्म तय गरेरै औपचारिकताका लागि मात्रै टेन्डर आह्वान  गरेको आरोप विभागमाथि लागेको थियो । ती सबै अब स्थगित भएका छन् । रेल्वे ठेक्का मुल्य अभिवृद्धि करसहित करिव ३५ अर्ब रुपैयाँको हो।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved