रानीपोखरीमा हालियो तीन करोड लिटर पानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 19, 2020 | 03:45:52 PM मा प्रकाशित

laxmi  sunrise bank

रानीपोखरीमा पाँच वर्षपछि पानी भरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अनुरोधमा खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजनाको सहयोगमा रानीपोखरीमा पानी भरिएको आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । 

२०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त भएको रानीपोखरी अहिले पुनर्निर्माणकै क्रममा छ । सम्पन्न हुने चरणमा छ। खानेपानी मन्त्रालय अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयले दुई दिन लगाएर रानीपोखरीमा पानी भरेको हो ।

निर्देशनालयका निर्देशक भोजविक्रम थापाले तीन करोड लिटर पानी हालिएको बताएका छन् र १८० मिटर लम्बाइ र १४० मिटर चौडाइको रानीपोखरीमा पानी भर्न ९ फिट गहिराइ बनाईएको छ । 

बागमतीको पानी सुन्दरीजलबाट ल्याएर पानीपोखरीस्थित रिजर्भ वायर टंयाकीमा संकलन गरिएको थियो । त्यहाँबाट रानीपोखरीसम्म ल्याउन मेलम्चीको पानी वितरणका लागि निर्माण गरिएको प्राइमरी मेन वितरण पाइपलाइन प्रयोग गरिएको थियो । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तिहारको भाइटीकाका दिनबाट सबै नागरिकका लागि रानीपोखरी तथा बालगोपालेश्वर मन्दिरमा प्रवेश खुल्ला गर्ने लक्ष्य लिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved