'अहिले देखिएको संकटले सबैलाई पिरोल्छ, सबै मिलेर समाधान खोजौं'-अनिल शाह

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 02, 2017 | 04:04:42 AM मा प्रकाशित

laxmi  sunrise bank

बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर नबढ्ने निष्कर्ष निकालेका छन।  बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसनले राजधानीमा आयोजना गरेको कार्यक्रममा नियमन निकाय नेपाल राष्ट्र बैंक, उद्योगी, ब्यवसायीहरुसंगको छलफल पछि यस्तो निर्णय गरेको हो। 

यस आर्थिक बर्षको दोस्रो त्रैमासको अन्त्यसम्म आइपुग्दा बैंक तथा वित्तीय संस्थाहरुमा बिभिद कारणले लगानी योग्य रकमको अभाब सिर्जना भएसंगै सिंगो अर्थतन्त्रमा नै निम्तिन सक्ने संकट समाधान हुने संकेत देखिएको छ।

'अहिले देखिएको संकटले सबैलाई पिरोल्छ, सबै मिलेर समाधान खोजौ' छलफलमा संघका अध्यक्ष तथा मेगा बैंकका कार्यकारी प्रमुख अनिल शाहले भने। 

छलफल पश्चात अहिले देखिएको तरलता न्यून समस्या बिस्तारै समाधान हुने बताउदै मुद्दती निक्षेपमा ब्याजदर नबढाउने निष्कर्ष निस्केको बताए। त्यस्तै उनले बैंकहरुले तत्काल कर्जा प्रवाह नगर्ने समेत बताए। 

संघका अध्यक्ष शाहले समस्या बिस्तारै समाधान हुने बताएपनि छलफलमा उपस्थित उद्योगी तथा व्यवसायीले भने यस्तो कठिन परिस्तिथिमा समेत बैंकहरु नाफा कमाउन जोड तोड गरि लागेपरेको र कर्जा दर चर्को रुपमा बढाएको आरोप लगाए। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved