नेदरल्याण्डका पाइलटले काठमाडौँ ल्याई पुर्याए चिनियाँ सहयोगको गौथली

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 02, 2017 | 04:40:51 AM मा प्रकाशित

laxmi  sunrise bank

आजदेखि नेपाल वायुसेना निगम, नेवानिको आन्तरिक उडानमा एक जहाज थपिएको छ। चीन सरकारले सहुलियत ऋण उपलब्ध गराएको विमान सोढे चार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

नेपाल सरकार र चीनबीच २०७० मङ्सिरमा ६ वटा जहाज चीनले नेवानीलाई उपलब्ध गराउने सम्झौता भएको थियो। सोहि सम्झौता अनुसार निगमको वाई १२ ई (गौथली) बुधबार नेपाल आइपुगेको हो। निगमले चीनबाट आयात गर्न लागेका जहाजमध्ये एमए ६० बिहीबार नेपाल आएको थियो।  

कागजी प्रक्रियाका कारण मंगलबार आउने भनिएको जहाज बुधबार मात्रै ल्याइएको निगमले जनाएको छ। निगमका सह–प्रवक्ता शैलेस कंशाकारका अनुसार यस बिमानको क्षमता १७ सीटको रहेको छ भने यसलाई गौथली नाम दिइएको छ। यस विमानको कल साइन नाइन एन–एकेटी रहेको छ। 

उनका अनुसार गौथलीलाई पाइलट रोवर्टस भरबोन्क र कोपाइलट मार्क एबेन्चरले ल्याएका हुन्। उनीहरु दुवै नेदरल्याण्डमा एक अमेरिकन बायू कम्पनीका पाइलट रहेको बुझिएको छ।

सह–प्रवक्ता कंसाकारका अनुसार वाई १२ ई ले दुर्गम यसअगाडिको ट्वीनअटर विमानले सेवा दिँदै आएका पहाडी दुर्गम जिल्लामा उडान गर्नेछ। दुई वटा विमान थपिदा ग्राउन्डेड हुँदा खाली बस्नुपर्ने अवस्थाको अन्त्य भई उपभोक्तामा नेपाल एयरलाइन्सप्रतिको विश्वास बढ्ने उनको बिश्वास रहेको छ।

लगत्तै वाई १२ ई कल साइनका दुईवटा जहाज आउने जनाइएको छ । यद्दपी समय भने तय भइसकेको छैन । चीन सरकारको अनुदानमा यसअघि नै दुईवटा एम ए ६० जहाज आइसकेका छन् । ५६ सिट क्षमताको एम ए ६० ले विराटनगर, नेपालगञ्ज, वीरगञ्ज, धनगढी, भैरहवालगायत यात्रुको चाप धेरै रहेका तराइका जिल्लामा उडान भर्ने जनाइएको छ।  

       

   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved