बिगतमा भन्दा राम्रो मूल्य पाएपछि सुपारी कृषक उत्साहित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 04, 2017 | 06:21:49 AM मा प्रकाशित

laxmi  sunrise bank

गाउँमै प्रशोधन केन्द्र स्थापना भएपछि यहाँका किसानले विगतमा भन्दा यसवर्ष राम्रो मूल्य पाएका छन्। प्रतिकिलो ११ रूपैयाँमा काँचो सुपारी बेच्दै आएका किसानले प्रशोधनपछि प्रतिकिलो १८ रूपैयाँ पाउन थालेपछि ती किसान उत्साहित छन् । सुपारीखेतीमा संलग्न किसानको आयस्तर बढाउने उद्देश्यले सुपारी प्रशोधन केन्द्र सञ्चालनमा ल्याइएपछि उत्तरी मोरङका सुपारी किसान उत्साहित भएको उर्लाबारीस्थित सुपारी प्रशोधन केन्द्रका सञ्चालक रामबाबु चौधरी बताउँछन्। 
 
पछिल्लो समय व्यावसायिक सुपारीखेती गर्दै आएका उत्तरी मोरङका किसानको जीवनस्तर उकासिँदै गएको छ । मोरङको मधुमल्ला, उर्लाबारी, मङ्गलबारे, लेटाङ भोगटेनीलगायत एक दर्जनभन्दा बढी ठाउँमा प्रशोधन केन्द्रहरु सञ्चालित छन् । मोरङको लेटाङ, उर्लाबारी, जाँते, मधुमल्ला, डाँगीहाट, बेलबारी, भोगटेनीलगायतका स्थानमा बढी मात्रामा सुपारीखेती गरिँदै आइएको छ। 
 
जिल्ला कृषि विकास कार्यालयका अनुसार मोरङमा ८ सय हेक्टरमा सुपारीको व्यावसायिक खेती भइरहेको छ । स्थानीयण्स्तरमा सहकारी नै स्थापना गरेर किसानले सुपारी प्रशोधन केन्द्र सञ्चालनमा ल्याएको हो । मोरङको मङ्गलबारेस्थित सोल्टी खोलाछेउमा दुईकट्ठा जग्गा भाँडामा लिएर रामबाबु चौधरीले सञ्चालन गर्दै आएको प्रशोधन केन्द्रमा दैनिक ३० देखि ३५ जना महिलाले रोजगारी पाइरहेका छन्। 
 
चौधरीले उर्लाबारी वरिपरिकै किसानको सुपारी बोट भएकै ठाउँमा गएर किन्ने र प्रशोधन गरी बेच्ने गरेको बताउँछन्। प्रशोधित सुपारी भारतीय बजारसम्म पुग्ने गरेको छ । समुन्द्र सतहदेखि एक हजार दुई सय मिटरको उचाइसम्म १४ देखि ३६ डिग्री सेल्सियस तापक्रम भएको पानी नजम्ने र धेरै सुख्खा पनि नहुने भू–बनोट सुपारीखेतीका लागि उपयुक्त मानिन्छ। रासस 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved