१३ बैंक राष्ट्र बैंकको अनुसन्धानको घेरामा, तरलताबारे गलत हल्ला फैलाएको आरोप

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 07, 2017 | 04:24:00 AM मा प्रकाशित

laxmi  sunrise bank

बैंकहरुको कर्जा लगानीको तथ्यांकको अध्ययन तथा विभिन्न बैंकहरुमा सुक्ष्म अनुगमन गर्न राष्ट्र बैंकले १३ वटा अनुगमन समूह बनाएको छ। अनुगमनका क्रममा  १३ वटा बाणिज्य बैंकहरुले कर्जा प्रवाहमा लापरवाही गरेको देखिएको व्यवस्थापिका संसदको लेखा समिति बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले जानकारी गराएका छन। 

' जथाभावी कर्जा प्रवाह गरेको भेटीएपछी १३ वटा बाणिज्य बैंकले अहिले माफि मागेका छन्, कस्तो कारबाही गर्ने भन्ने बारे छलफल भईरहेको छ' गभर्नर डा. नेपालले भने।

व्यवस्थापिका संसदको लेखा समिति बैठकमा वित्तीय व्यस्थापन, तरलताको अवस्था, पुँजीगत खर्च र त्यसको समाधानका लागि राष्ट्र बैंकले चालेको कदमबारे जानकारी दिदै गभर्नर डा. नेपालले तरलता अभावको अवस्था नभई केहि बैंकहरुले मार्जिन लेण्डिङमा धेरै लगानी गरेकाले समस्या आएको बताए। 'माघ १३ देखि तरलताको अवस्थामा सुधार आएको छ, तरलताको अवस्था थेग्नै नसकिने अवस्थामा पुगेको छैन, केहि समय भित्रै सहज अवस्थामा पुग्छ' उनले भने। 

'साढे ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न २० प्रतिशत कर्जा वृद्धि आवश्यक ठानेर राष्ट्र बैंकले मौद्रिक नीति ल्यायो, ३० प्रतिशतले कर्जा बढेपछि तरलताको अवस्था खडा भयो' उनले भने। बैठकमा गभर्नर डा. नेपालले राष्ट्र बैंकले तरलताको व्यवस्थापनका लागि १९० अर्ब लैजान भनेको तर बैंकले ३२ अर्ब मात्रै लगेकाले पनि बजारमा तरलताको अवस्था नरहेको जानकारी गराए। 

त्यस्तै समितिको बैठकमा अर्थ सचिव शान्तराज सुवेदीले बैंकरहरुले तरलताको गलत हल्ला फैलाएको आरोप लगाए। उनले नाफा बढाउन बैंकहरु आक्रमक बन्दा अहिले अवस्था आएकाले अर्थ मन्त्रालय र केन्द्रिय बैंकले आवश्यक कदम चाल्ने चेतावनी समेत दिए।   

लेखा समितिका सभापति डोरप्रसाद उपाध्यायले तरलता व्यवस्थापनमा सम्बन्धि निकायहरुले तत्काल ठोस कदम चाल्नु पर्ने बताएका छन। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved