नेपाल एयरलाइन्सको एयरबस खरिद प्रक्रिया अन्तिम चरणमा ,'हरेक बर्ष कम्तिमा एउटा एयरबस थप हुने'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 07, 2017 | 06:03:11 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बायुसेवा निगमको वाइड बडी ए ३३०–२०० खरिद प्रक्रिया अन्तिम चरणमा प्रवेश गरेको छ । निगमले १ सय ४ मिलियन डलरमा दुई एयरबस खरिद् गर्न लागेको निगमका महाप्रवन्धक सुगतरत्न कंशाकारले पत्रकार सम्मेलनमा जानकारी दिए।

महाप्रवन्धक कंशाकारका अनुसार २८० सिट क्षमताको वाइड बडी ए३३०–२०० एयरबसमा २६४ इकोनोमि क्लासका सिट र १६ वटा विजनेश क्लास रहने छन। यो जहाज नेपाल आएपछि राष्ट्रिय ध्वजाबाहक कम्पनी नेपाल एयरलाइन्सले साउदीको दमाम, कोरियाको सिओल, अष्ट्रेलियकाको सिड्नी र जापानको टोकियोमा उडान भर्नेछ । हाल यी जहाज फ्रान्सको टुलुज शहरमा रहेको छ।

३५ अर्ब होटल ब्यबसायमा लगानी भएको अवस्थामा पर्यटकीय गन्तब्यमा सरकारी एयरलाइन्सले उडान गर्नुको विकल्प नरहेको महाप्रवन्धक कंशाकारले बताए। ६ वटा विमान ल्याउने योजना अन्तरगत दुईटा ल्याइ सकिएको र ४ वटा दुई चरणमा चाँडै ल्याउने योजनामा रहेको उनले बताए। ४ वटा बिमान खरिदपछि निगमसंग ९ वटा विमान हुने छ।  

भदौ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले विमान खरिद्का लागि ग्यारेन्टी बस्ने स्वीकृती दिएपछि निगमका लागि विमान खरिद् प्रक्रिया अगाडि बढाउने बाटो खुलेको हो। 

सस्तोमा जहाज पाएकै आधारमा सार्वजनिक खरिद नियमावली मिचिएको आशंका गरिएको महाप्रवन्धक कंशाकारले बताए। 'म दावी गर्छु कि यो जहाज खरिद प्रक्रियामा कुनै नियम कानुन मिचेर निर्णय भएकै छैन’ उनले भने। 

त्यस्तै सन् २०१६\०९\२६ मा निगमले बोलपत्र आह्वान गरेकोमा ११ वटा कम्पनीले आवेदन दिएको र त्यसमध्येबाट अमेरिकाको एएआर कम्पनी छानिएको र उक्त कम्पनीसँग समझदारी पत्रमा हस्ताक्षर भइसकेको निगमले जनाएको छ । एएआरसँग खरिद सम्झौता यही मार्चमा हुने कंशाकारको भनाइ छ । 

निगमसँग रहेका दुइवटै बोइङ बेच्ने योजना अन्तर्गत बोइङ–७५७ बिक्री गर्ने प्रक्रिया १ हप्पाभित्रै सुरु गरिने कंशाकारले बताए। ३० वर्ष भन्दा पुराना विमान राखेर अन्य वायु कम्पनीसँग प्रतिस्पर्धा गर्न नसकिने बताउदै उनले निगमले हरेक बर्ष कम्तिमा एउटा एयरबस खरिद गर्नुको बिकल्प नभएको बताए।   

निगमले अहिले वार्षिक ७ अर्ब आम्दानी गर्दै आएको छ । नेपालबाट निजी तथा २७ वटा अन्तर्राष्ट्रिय कम्पनीले बार्षिक ९० अर्ब रुपैयाँ आम्दानी गर्दै आएको निगमले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved