९३ हजार भूकम्पपीडितको सूचीमा ‘थप १९ हजार’

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 07, 2017 | 06:21:49 AM मा प्रकाशित

laxmi  sunrise bank

भूकम्पपीडितको सूचीमा पर्नका लागि निवेदन दिएका व्यक्तिहरुमध्येबाट करिब १९ हजार जना लाभग्राहीका रुपमा थपिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ।

लाभग्राही सूचीमा राखिदिन २ लाखभन्दा बढी निवदेन परेकोमा अहिलेसम्म ९३ हजारको फर्स्योट भइसकेको र सबैको जाँच भइसक्दा नयाँ लाभग्राहीको संख्या ५० हजारभन्दा बढी पुग्न सक्ने प्राधिकरणको अनुमान छ।बाँकी उजुरीकर्ताहरुको पुन: सर्वेक्षण गर्ने तयारी गरिरहेको प्राधिकरणका सहप्रवक्ता भीष्मप्रसाद भुसालले बताए।


विश्लेषण
उनले भने ,"९३ हजारको विश्लेषण गर्दा १९ हजार जना भूकम्पपीडितको सूचीमा थपिए। अब बाँकीको सर्वेक्षणपछि ५५ हजारको हाराहारीमा नयाँ लाभग्राही थपिने हाम्रो अनुमान छ"।

मन्त्रिपरिषद्ले गत महिना अनुदान वितरणसम्बन्धी कार्यविधि संशोधन गरेपछि पीडितलाई दोस्रो र तेस्रो किस्ताको रकम बाँड्ने आधार बनेको थियो।

साथै उजुरीकर्ताको गुनासो सुन्न, आफैंले घर बनाएका घरधनीलाई रकम वितरण गर्न, प्रबलीकरण गर्न मिल्ने घरका लागि रकम दिन र बुढी गण्डकी क्षेत्रका पीडितहरुलाई रकम बाँड्ने जस्ता बाटो पनि त्यसले खोलिदिएको थियो।

९३ हजारको विश्लेषण गर्दा १९ हजार जना भूकम्पपीडितको सूचीमा थपिए। अब बाँकीको सर्वेक्षणपछि ५५ हजारको हाराहारीमा नयाँ लाभग्राही थपिने हाम्रो अनुमान छ। 

भीष्मप्रसाद भुसाल, प्रवक्ता, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण
यसअन्तर्गत आफैंले घर बनाएका घरधनीहरुको निवेदन पनि धमाधम आउन थालेको प्राधिकरणले जनाएको छ।सहप्रवक्ता भीष्म भुसाल भन्छन्,"अहिलेसम्म एक हजारको हाराहारीमा मात्र प्राप्त भएको छ। तर त्यो दिनप्रतिदिन बढ्दै गइरहेको छ।"

कम
प्राधिकरणले भूकम्पप्रतिरोधी घर बनाइसकेका र प्रबलीकरण गर्न मिल्ने घरका धनीलाई एक लाख तथा बुढी गण्डकी क्षेत्रका पीडितहरुलाई अस्थायी पुनर्वासका लागि २ लाख रुपैयाँ दिने तयारी गरिरहेको जनाएको छ।

प्राधिकरणका अनुसार हाल उजुरी दिएकाहरु बाहेक अन्य जिल्ला र उपत्यकाको उजुरी सुन्न बाँकी नै रहेकोले भूकम्प पीडितको संख्या अझ थपिंदा त्यो एक लाखको हाराहारीमा पर्न सक्नेछ।

सरकारले लामो समय लिएर पहिले गरिएको सर्वेक्षणबाट साढे ६ लाख घरपरिवार भूकम्पपीडितको सूचीमा राखेको थियो। थपिएका भूकम्प पीडितहरुलाई पहिलो किस्तादेखिको रकम वितरण गर्दा तथा अन्य पीडितहरुलाई दिने रकम थपिंदा सरकारलाई झण्डै २० अर्ब रुपैयाँ थप आवश्यक पर्ने पनि प्राधिकरणले जनाएको छ।-बिबिसी 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved