स्वदेशी बस्तुको उपयोग गर्न उद्योग मन्त्रीको निर्देशन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 07, 2017 | 07:23:38 AM मा प्रकाशित

laxmi  sunrise bank

उद्योग मन्त्रालयले स्वदेशी बस्तुको उपयोग गर्न मातहतका निकायलाई निर्देशन दिएको छ । उद्योग मन्त्री नविन्द्रराज जोशीले स्वदेशी बस्तुको उपयोग गर्न मातहतका निकायलाई निर्देशन दिएका हुन्।
 
उनले सार्वजनिक निकायमा स्वदेशी बस्तुको उपयोग गर्ने सम्बन्धि निर्देशिका पालना नगरेकोमा आपत्ति पनि जनाए।निजी क्षेत्रका व्यवसायीहरुले उद्योग मन्त्रालयले आफैले बनाएको निर्देशिका समेत पालना नगरेको भन्दै मन्त्री जोशी समक्ष असन्तुष्टि व्यक्त गरिरहेका छन । 
 
सोही सम्बन्धमा छलफल गर्न सोमबार मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री जोशीले सार्वजनिक निकायमा मात्रै स्वदेशी बस्तुको उत्पादन भए मुलुकको साना र मझौला उद्यमीहरुले ठूलो राहत पाउने विश्वास व्यक्त गरे। 
 
मन्त्री जोशीले सरकारले विश्वका विभिन्न ठूला सहरमा नेपाली उत्पादनको बजारीकरण गर्नका लागि प्रर्दशनी कक्ष स्थापना गर्ने तयारी गरिरहेको पनि जानकारी दिए।
 
 उनले नेपाली बस्तुले विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने भएकाले त्यसको बजारीकरणका लागि पनि विश्वका विभिन्न सहरहरुमा प्रर्दशनी कक्षको व्यवस्था गर्न लागिएको बताएका छन्। 
 
उद्योग मन्त्रालयले प्रर्दशनी कक्षका लागि सम्बन्धित देशका नेपाली दुतावासहरुसँग आवश्यक परामर्श गर्ने योजना पनि बनाएको छ । 
 
मन्त्री जोशीले नेपालका निजी क्षेत्रलाई साथमा लिएर मुलुकलाई समृद्ध बनाउन सरकारले अनेक पहल गरिरहेको दावी पनि गरे। 
 
उद्योगी व्यवसायीहरुले सरकारले जारी गरेको सार्वजनिक निकायमा स्वदेशी बस्तुको उपयोग गर्ने सम्बन्धमा बनेको निर्देशिका कार्यान्वयनमा नआएको भन्दै असन्तुष्टि व्यक्त गर्दै आएका छन । 
 
सरकारले २०७२ साल बैशाख १७ गते स्विकृत गरेको निर्देशिकामा सार्वजनिक निकायमा ५० प्रतिशत सामग्री स्वदेशी उत्पादनकै उपयोग गर्नुपर्ने उल्लेख गरिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved