एसएसपी श्याम खत्रीको नयाँ खुलासाः १२ लाख कमिशनमा महिनामा ३६० किलो सुन तस्करी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 07, 2017 | 08:29:09 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सुन तस्करीमा संलग्न भएको आरोपमा विमानस्थलका तत्कालीन वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) श्याम खत्रीलाई पक्राउ गरेपछी तस्करीबारे नयाँ खुलासा भएको छ। 

पक्राउ परेपछि दिइएको बयान अनुसार महिनामा ३६० किलोसम्म सुन तस्करी हुने गरेको खुल्न आएको छ । एसएसपी श्याम खत्रीको गिरफ्तारी र भन्सार अधिकृत श्रीनारायण यादवको बयानबाट यस्तो खुल्न आएको हो। 

उनीहरुको बयान अनुसार हप्ताको ३ पटक ९० केजी अर्थात मासिक ३६० केजीसम्म सुन तस्करी हुने गरेको खुल्न आएको हो। अपराध अनुसन्धान व्युरोका अनुसार सुन तस्करीमा सघाए बापत एसएसपी श्याम खत्रीले प्रत्येकपटक १ लाख अर्थात मासिक १२ लाखको दरले कमिशन लिने गर्दथे। उनले लिने यस कमिशनमा कोको सहभागी थिए भन्ने कुरा अनुसन्धान भैरहेको जनाइएको छ।

भन्सार अधिकृत यादवकै बयानका आधारमा प्रहरीले एयरपोर्टमा खटिएका थप सुरक्षाकर्मी र कर्मचारीलाई पक्राउ गर्ने तयारीमा गरेको बताइएको छ। प्रहरीले सुन तस्करीमा संलग्नहरुको गिरोह पत्ता लगाउने कोसिस गरिरहेको छ । यद्दपी तस्करीमा सहयोग गर्ने प्रहरी, भन्सार कर्मचारी र भरिया पक्राउ परे पनि सुन मालिक भने अहिलेसम्म पक्राउ परेका छैनन् ।

एयरपोर्टमा खटिएका थप सुरक्षाकर्मी र कर्मचारीको गिरफ्तारीपछि ठुला माछा र यसमा संलग्न भुराहरुको बारेमा थप खुलासा हुने अपेक्षा गरिएको छ।    

  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved