अपडेटेड भर्शनमा बजाजले ल्यायो दुई नयाँ मोटरसाइकल

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 08, 2017 | 04:01:23 AM मा प्रकाशित

laxmi  sunrise bank

बजाज पल्सरले दुई नयाँ मोटरसाइकल बजारमा ल्याएको छ। यस अघिका लोकप्रिय मानिएका आरएस २०० र एनएस २०० लाई अपडेट गरी कम्पनीले दुई मोडलका मोटरसाइकल ल्याएको जनाएको छ।

नयाँ आरएस २०० मा अटो हेडल्याम्प, एड्भान्स्ड टेक्नोलोजि फ्युल इन्जेक्सन, एबीएस, ट्वीन प्रोजेक्टर हेड ल्याम्प्स लगायतका फिचर रहेका छन्। नयाँ मोटरसाइकल रेसिङ ब्लु र ग्र्याफाइट ब्ल्याक रंगमा उपलब्ध हुने कम्पनीले जनाएको छ।   

भारतीय बजारमा यसको मूल्य १ लाख २१ हजार ८ सय भारु तोकिएको छ। त्यस्तै एबीएस संस्करणको भने १ लाख ३३ हजार ८ सय भारु तोकिएको छ। एनएस २०० को भने ९६ हजार ४ सय ५३ भारतीय रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ। -एजेन्सी      


 
 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved