ईएमभी चिप कार्ड ल्याउने तयारीमा सिद्दार्थ बैंक,डेबिट, क्रेडिट र प्रिपेड कार्ड अब काम नलाग्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 08, 2017 | 05:34:20 AM मा प्रकाशित

laxmi  sunrise bank

सिद्दार्थ बैंकले यसअघि बिक्री वितरण गरेको डेबिट, क्रेडिट र प्रिपेड कार्डहरुको सट्टामा बैंकले नयाँ कार्ड ल्याउने भएको छ। यस अघि प्रयोगमा ल्याइएका कार्डहरुलाई स्तरोन्नति गरी ईएमभी चिप कार्डका रुपमा संचालनमा ल्याइने बैंकले जनाएको छ। 

ईएमभी चिप कार्ड संचालनमा ल्याइएसंगै यस अघि बिक्रि वितरण गरिएका डेबिट, क्रेडिट र प्रिपेड कार्ड अब काम नलाग्ने भएका छन्। बैंकले अब उपरान्त ग्राहकहरुलाई ईएमभी चिप कार्ड उपलब्ध गराउनुका साथै हाल सञ्चालनमा रहेका म्याग्नेटिक स्ट्रीप डेबिट, क्रेडिट र प्रिपेड कार्डहरुलाई पनि ईएमभी चिप कार्डले प्रतिस्थापन गर्ने जनाएको छ।

विद्युतीय कारोबारको सुरक्षाप्रति सजग रहँदै म्याग्नेटिक स्ट्रीप भएका कार्डहरुमा रहेका कमी कमजोरीहरुलाई हटाउन बैंकले नयाँ ईएमभी चिप कार्ड  प्रविधि सञ्चालनमा ल्याएको जनाएको छ।

'ईएमभी चिप कार्डले नगद रहित कारोबारलाई प्रोत्साहन गर्ने र विद्युतीय कारोबारलाई थप सरल र सुरक्षित बनाउनेमा बैंक विश्वस्त छ' बैंकद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ। 

हाल बैंकले ८३ एटीएम, १ मोबाइल एटीएम र १५० भन्दा बढी पीओएस मेसिनद्वारा आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved