अनुदान रकम नपाउँदा भूकम्पपीडितको बिचल्ली

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 12, 2017 | 04:35:15 AM मा प्रकाशित

laxmi  sunrise bank

भुम्लुटारकी सावित्री उप्रेतीले हालसम्म पनि सरकारले उपलब्ध गराउने भनेको अनुदान रकम पाएकी छैनन् ।   राहत रकम नपाउँदा उनको परिवार दुई वर्षदेखि अस्थायी टहरामा नै बस्दै आएको छ । उनी आफैले नयाँ घर बनाउनसक्ने अवस्था छैन ।

“सरकारले परिचयपत्र मात्र उपलब्ध गराएको छ, राहत रकमको अहिलेसम्म कुनै टङुगो छैन” उप्रतीले भन्नुभयो । उपे्रती मात्र होइन उक्त क्षेत्रका धेरैजसो भूकम्पपीडितले परिचयपत्रसमेत नपाएको अवस्था छ । उनीहरु राहत नपाउने हो कि भन्ने चिन्तामा परेकाछन् ।

भुम्लुटार र फलाँटे गाविसबीच सीमा सम्बन्धी विवाद छ । विवादका कारणले गर्दा त्यहाँका स्थानीयले अहिलेसम्म पनि लालपुर्जा पाउन सकेका छैनन् । उनीहरुले लालपुर्जा नपाउँदा हालसम्म परिचयपत्र पाउन नसकेका हुन् । लामो समयदेखि चल्दै आएको भुम्लुटार र फलाँटेको सीमा विवाद सुल्झाइदिन समेत उनीहरुले सरकारसँग माग गरेका छन् ।

भुम्लुटार गाविसमा कुल ६६३ घरधुरी भूकम्पपिडित रहेका छन् । उक्त क्षेत्रको ६ हजार ५०० जनसंख्या रहेको गाविस सचिव रमेशप्रसाद दवाडीले बताए । उनले उक्त क्षेत्रको समस्याबारे लामो समयदेखि छलफल भइरहेको तर हालसम्मपनि समस्या समाधान हुन नसकेको बताउनुभयो । उक्त क्षेत्रका स्थानीयलाई तत्काल लालपुर्जा वितरण गर्न सकिए समस्याको समाधान हुने आशा उनको छ ।

स्थानीय बासिन्दाले लालपुर्जाको समस्याबारे मालपोत र नापी कार्यालयको समेत ध्यानाकर्षण गराउँदै आएका छन् । भुकम्पबाट भुम्लुटार गाविसका १६ जनाले ज्यान गुमाएका थिए । सो गाविसका ४१९ घरधुरीमध्ये ५० घरधुरीले मात्र लालपुर्जा पाएको फलाटे गाविसका शिक्षक रमेशराज खरेल बताउँछन् ।

भूकम्पपीडितलाई तत्काल लालपुर्जा वितरण गर्न डिजिटल नापी स्थानीय क्षेत्रमा आउने आशा खरेलले व्यक्त गरे । कोशीपारी क्षेत्रका विभिन्न गाविसहरुमध्येयस क्षेत्रमा जनधनको क्षति भए पनि स्थानीयले अहिलेसम्म राहत नपाएको बताए ।

भुम्लुटार र फलाँटे क्षेत्रका बासिन्दालाई लालपुर्जा डिजिटल प्रविधिबाट वितरणगरिने काभ्रेका नापी प्रमुख रामप्रसाद तिमल्सिनाले बताए । उक्त क्षेत्रमालालपुर्जा वितरण गर्न कार्यालयले एउटा टोली खटाउने उनले जानकारी दिनुभयो भुम्लुटार र फलाँटे गाविसमा हालसम्म भुकम्पपीडित परिचयपत्र नपाएपछि कतिपय व्यक्तिले आफ्नै व्यक्तिगत लगानीमा घर समेत बनाउन थालेका छन् । त्यस्तै अरुको घरमा जग्गा कमाएर बसेकाहरुका भने भूकम्पपछि बिचल्लि छ ।

भुकम्पपीडितले भूकम्पपछि चर्किएको जमिनमा टहरा बनाएर बसेका छन् । प्रमुख जिल्ला अधिकारी शिव सिम्खडाले भुम्लुटार र फलाँटेमा जस्तै अन्य गाविसमा पनि पिडितले लालपुर्जा नपाएकाले लालपुर्जा वितरणको विषयमा छलफल भइरहेको बताए ।

सम्बन्धित क्षेत्रको समस्याका विषयमा जानकारी लिन शुक्रबार जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, सञ्चारकर्मीसहितको टोली सो क्षेत्रमा पुगेको थियो । समस्या समाधानका निम्ति जिल्ला प्रशासन कार्यालयले कुनै कसर बाँकी नराख्ने प्रजिअ सिम्खडाले बताए ।

भूकम्पपीडितको समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालयले आफूले सक्ने भए जिल्लाबाटै कार्य गरिने र नसक्ने भए तत्काल त्यसलाई केन्द्रमा पठाउने उनको भनाइ थियो । पुनःनिर्माण प्राधिकरणमा आफ्ना गुनासा टिपाउन समेत उहाँले पीडितलाई आग्रह गरे । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved