बैंक र सुनचाँदी व्यवसायका लागि ‘फाइनान्स टास्क फोर्स’

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 13, 2017 | 09:01:35 PM मा प्रकाशित

laxmi  sunrise bank

चितवनको नारायणगढ र भरतपुर क्षेत्रमा रहेको बैंक, वित्तीय संस्था तथा सुनचाँदी व्यवसायको सुरक्षाका लागि हतियारसहितका सुरक्षाकर्मीलाई चौबिसैँ घन्टा परिचालन गरिएको छ । 
 
आजदेखि लागू हुने गरी सो क्षेत्रमा शान्ति सुरक्षा र अपराध नियन्त्रणका लागि प्रहरीको ‘फाइनान्स टास्क फोर्स’ परिचालन गरिएको चितवन प्रहरीले जनाएको छ । 
 
यहाँको सुनचाँदी व्यवसायमा लगातार चोरीका घटना भएपछि आइतबार उद्योग वाणिज्य सङ्घ, सुनचाँदी व्यवसायी र प्रहरीबीचको छलफलले यस्तो निर्णय गरेको थियो । 
 
यसअघि सुरक्षाको माग गर्दै सुनचाँदी व्यवसायीले आन्दोलनको घोषणा गरेका थिए ।
 
नारायणगढमा यही माघ २० गते राति आधुनिक सुनचाँदी पसलबाट चार किलो सुन र चार किलो पाँचसय ग्राम चाँदीसहित नगद  सात लाख चोरी भएको थियो । 
 
त्यसैगरी शुक्रबार राति अनुग्रह गहना सप्लायर्सबाट करिब रु आठ लाख बराबरको सुनको जलप गरिएका गहना चोरी भएको थियो । चोरीमा संलग्नलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । मुख्य गरी मध्य क्षेत्रकै व्यापारिक बजार नारायणगढमा सुनचाँदी व्यवसाय र बैंक तथा वित्तीय संस्था केन्द्रित छन् । 
 
सुरक्षा कमजोर भएर चोरीका घटना बढेको भन्दै सुनचाँदी व्यवसायीले चितवन प्रशासनमार्फत सरकारलाई ज्ञापनपत्र समेत बुझाएका थिए । रासस 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved