विमानस्थलबाट एक किलो सुन सहित भारतीय नागरिक पक्राउ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 20, 2017 | 07:15:22 AM मा प्रकाशित

laxmi  sunrise bank

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन बरामद भएको छ । डेढ किलो सुनसहित भारतीय नागरिक पक्राउ परेका हुन् ।

एअर अरेवियाको जहाजमार्फत संयुक्त अरब इमिरेट्स(युएई)को दुबईबाट मध्याह्न १२ बजे नेपाल आएका ३५ वर्षीय कश्यप कान्तिलाल पक्राउ परेका हुन् ।

भन्सार जाँचका क्रममा आधा-आधा किलोको दुईवटा सिक्री र आधा किलोको सुनको बाला लगाएको अवस्थामा उनलाई पक्राउ गरिएको विमानस्थल भन्सारका प्रमुख नारायण सापकोटाले जानकारी दिए ।

पक्राउ परेका कश्यप भारतको अहमदावाद निवासी भए पनि हाल दुबईमा बस्दै आएका थिए । उनी युएईको राहदानीबाहक हुन् । हिन्दी, अङ्ग्रेजीका साथै नेपालीसमेत बोल्न जान्ने कश्यप यसअघि पनि नेपालमा सुन तस्करीमा संलग्न भएको अनुमान गरिएको छ ।

उनलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान अघि बढाइएको सापकोटाले बताउनुभयो । यसअघि गत पुस २१ गते भन्सार छलेको करिब साढे ३३ किलो सुनसहित तीन जनालाई प्रहरीले विमानस्थल बाहिरबाट पक्राउ गरेको थियो । 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved