नेपाल बैंकको नयाँ कर्जा योजना सरकारी कर्मचारीलाई मात्रै

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 23, 2017 | 03:36:26 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंक लिमिटेडले सरकारका निजामती कर्मचारी, प्रहरी, सेना, शिक्षक एवम् अर्ध सरकारी तथा सार्वजनिक संस्थानमा कार्यरत कर्मचारीलाई लक्षित गरी नयाँ कर्जा योजना ल्याएको छ । बैंकले यसै महिनादेखि लागू हुने गरी ‘एनबिएल प्रोफेसनल घर कर्जा’ तथा ‘एनबिएल प्रोफेसनल गाडी कर्जा’ योजना कार्यान्वनमा ल्याएको छ । जनसम्पर्क अधिकृत सूर्यमान राजभण्डारीले बैंकले अगाडि बढाएको दुबै कर्जाको वार्षिक ब्याज दर ७ प्रतिशत, सेवा शुल्क ०.५० प्रतिशत र दुई वर्ष पश्चात् कर्जा चुक्ता गर्न चाहेमा अतिरिक्त शुल्क नलाग्ने तथा कर्जा रकम भुक्तानी प्रक्रिया समान मासिक किस्तामा आधारित गरिएको जानकारी दिए ।

घर कर्जाको अवधि दुई वर्षदेखि २० वर्षसम्म तथा कर्जा रकम न्यूनतम रु १० लाख वा सो भन्दामाथि आवश्यकता अनुसार प्रदान गरिने नीति बैैकले लिएको छ । गाडी कर्जाको अवधि दुई वर्षदेखि ७ वर्षसम्म तथा न्यूनतम रु १० लाखदेखि अधिकतम रु एक करोडसम्म निजी प्रयोगको लागि सवारी साधन खरिद गर्न कर्जा प्रदान गरिनेछ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved