लागु भयो 'शताब्दीकै ठुलो' व्यापार सहमति

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 23, 2017 | 08:14:52 PM मा प्रकाशित

laxmi  sunrise bank

अन्तर्राष्ट्रिय व्यापार सजिलो बनाउने उद्देश्यको विश्व व्यापार संगठनको एउटा सहमति लागू गरिएको छ। बहुसंख्यक सदस्य राष्ट्रले अनुमोदन गरेको त्यो सहमतिले अन्तर्राष्ट्रिय व्यापारलाई छरितो बनाउने उद्देश्य राखेको छ।

संगठनका निर्देशक रोबेर्तो आजेभेदोले त्यो सहमतिलाई व्यापारमा यस शताब्दीको सबभन्दा ठुलो सुधार भनेका छन्। त्यो सहमतिले आयात र निर्यातकर्ताहरुलाई अन्तर्राष्ट्रिय सिमानाहरुबाट सामान लैजान सजिलो बनाउने उद्देश्य राखेको छ।

विश्व व्यापार संगठनका निर्देशकले व्यापारको लागत १४ प्रतिशतले र विपन्न मुलुकहरुमा अझ धेरै प्रतिशतले घट्न सक्ने बताएका छन्। सन् २००१ मा कतारमा शुरु गरिएको दोरा राउण्ड भनिने वार्ताका केही ठोस उपलब्धी मध्ये यो सहमति एक हो।

थुप्रै अरु विषयमा कुनै प्रगति भएको छैन र संयुक्त राज्य अमेरिकामा राष्ट्रपति पदमा डोनल्ड ट्रम्पको निर्वाचनले व्यापार सहजीकरणको भविष्यमाथि नै प्रश्न उठाएको छ। सहमति अनुमोदन गर्ने मध्ये संयुक्त राज्य अमेरिका पनि एक हो।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved