बिमा संस्थानलाई सङ्घीय संरचनाको ढाँचामा रुपान्तरण गर्न अर्थमन्त्री महराको सुझाब

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 27, 2017 | 05:29:31 AM मा प्रकाशित

laxmi  sunrise bank

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले बक्यौता लेखा परीक्षण यथाशक्य छिटो गर्न निर्देशन दिएका छन। बिमा संस्थान ५० औँ वर्ष प्रवेशका अवसरमा संस्थान परिसरमा निर्माण गरिएको स्वर्ण जयन्ती स्मारकको आइतबार अनावरण गर्दै महराले संस्थाको सङ्गठनात्मक संरचनालाई सङ्घीय संरचनाको ढाँचामा रुपान्तरण गर्न सुझाएका छन। 

सो अवसरमा महराले संस्थानको पुँजी योजनालाई बिमा समितिसँग नीतिगत सल्लाह गरेर अगाडि बढाउनुपर्ने सुझाव दिएका छन्। संस्थान सञ्चालक समितिका अध्यक्ष खेमराज खरेलले पर्याप्तमात्रामा आधुनिक सूचना प्रविधिमैत्री जनशक्तिको अभावमा पनि संस्थानले स्थापनाकालदेखि नै विश्वसनीय संस्थाका रूपमा आफ्नो स्थान बनाउन सफल भएको बताए ।

संस्थानले माथिल्लो तामाकोसी जलविद्युत् आयोजना, जलविद्युत् लगानी तथा विकास कम्पनी, विद्युत् उत्पादक कम्पनीलगायतका अन्य क्षेत्र गरी आफ्नो पुँजी कोषबाट रु १५ अर्ब लगानी गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved