लगानी सम्मेलनमा ६ सय भन्दा बढि लगानीकर्ताले सहभागीता जनाउने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 27, 2017 | 06:58:54 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले फागुन १९ र २० मा आयोजना गर्न लागेको नेपाल लगानी सम्मेलनमा चिनियाँहरुको उल्लेख्य सहभागिता रहने भएको छ। सो सम्मेलनमा सहभागित जनाउने प्रतिबद्दता जनाउने मध्य अहिलेसम्म चिनियाँहरु अग्रपंक्तिमामा रहेको जनाइएको छ। 

प्रधानमन्त्री पुष्पकमल दाहालबाट उद्घाटन हुने सो सम्मेलनमा प्रमुख वक्ताका रुपमा भारतका अर्थमन्त्री अरुण जेट्ली प्रमुख वक्ताका रुपमा सम्मेलनमा उपस्थित रहने छन। त्यस्तै एसियाली पूर्वाधार लगानी बैंकका अध्यक्ष जिन लिक्वीनको सहभागिता रहने उद्योग मन्त्रालयले जनाएको छ ।  

हालसम्म नेपाल लगानी सम्मलनमा सहभागिता दर्ता गराएका कुल २३७ जना मध्ये ८९ जना मात्रै चिनिया रहेका छन् भने छिमेकि मुलूक भारतबाट २१ जना लगानी कर्ताले सहभागिता जनाउंने छन। चिनिया लगानीकर्ताको ठुलो सहभागिता रहने जनाइएको उक्त सम्मेलनमा उच्चस्तरिय चिनियाँ सरकारी टोलीको सहभागिता नहुने भएको छ। 

सम्मेलनमा चीन र भारत लगायत श्रीलंकाका २०, जापानका १५, मलेसियाका १३, क्यानाडाका १२, हङकङका १०, बेलायत, दक्षिण कोरिया र भियतनामका ८/८ लगानी कर्ताले सहभागीता जनाउने भएका छन्।

त्यस्तै रसियाको तर्फबाट ७, अमेरिकाबाट ६, सिंगापुर र टर्कीबाट ३-३ लगानीकर्ता आउने भएका छन्। सम्मेलनमा माइक्रोसफ्टका प्रतिनिधीले १० मिनेटको प्रस्तुति राख्नेछन् । 

‘नेपालमा लगानीका सम्भावनाको उपयोग’ मूल नाराका साथ आयोजना हुन लागेको दुईदिने उक्त अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा स्वदेशी तथा विदेशी गरि ६ सय भन्दा बढि लगानी कर्ताले सहभागीता जनाउने अपेक्षा गरिएको छ।   

    
 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved