नेपाल राष्ट्र बैंकले शुन्य ब्याजदरमा ५ अर्ब ३० करोडको ऋणपत्र खरिद गर्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 02, 2017 | 12:08:23 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले शुन्य ब्याजदरमा ५ अर्ब ३० करोडको नेपाल राष्ट्र बैंक ऋणपत्र खरिद गर्ने भएको छ। राष्ट्र बैंकले २०७३ जेठ र असारमा जारी गरेका नेपाल राष्ट्र बैंक ऋणपत्रहरुको बाँकी रकममध्ये २० अर्ब रुपैयाँ बराबरको नेपाल राष्ट्र बैंक ऋणपत्र शून्य ब्याजदरमा एक सय रुपैयाँमा सोझै खरिद गर्न लागेको हो। 

राष्ट्र बैंकले 'राष्ट्र बैंक ऋणपत्र' बिक्रि गर्न चाहेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई बुधबार अपरान्ह ३ बजेसम्म आबेदन दिन आब्हान गरेको छ।

'राष्ट्र बैंक ऋणपत्र' बिक्रि गर्न चाहने बैंक तथा वित्तीय संस्थाले बिक्री गर्न चाहेको नेपाल राष्ट्र बैंक ऋणपत्रको सिरिज नं. र परिमाण उल्लेख गरिएको अनुरोध पत्रसाथ बिक्री गर्न चाहेको नेपाल राष्ट्र बैंक ऋणपत्रको सक्कलै प्रति पेश गर्नु पर्नेछ ।

आह्वान गरिएको भन्दा बढीे रकमको नेपाल राष्ट्र बैंक ऋणपत्र बिक्रीको लागि पेश हुन आएमा खुला बजार कारोबार सञ्चालन समितिको निर्णयानुसार बाँटफाँट गरिने राष्ट्र बैंकले जनाएको छ। 

राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीतिको समिक्षा मार्फत वित्तीय प्रणालीमा थप ४५ अर्ब रुपैयाँ बराबरको रकम परिचालन गर्न राष्ट्र बैंक ऋणपत्र शून्य ब्याजदरमा खरिद गर्ने घोषणा गरेको थियो। सोहि घोषणा अन्तर्गत राष्ट्र बैंकले राष्ट्र बैंक ऋणपत्र शून्य ब्याजदरमा सोझै खरिद गर्न लागेको हो।

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved