लक्ष्मी बैंकले ल्यायो अनफिक्स्ड डिपोजिट नामक नयाँ मुद्दती खाता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 03, 2017 | 09:52:05 AM मा प्रकाशित

laxmi  sunrise bank

लक्ष्मी बैंकले अनफिक्स्ड डिपोजिट नामक नयाँ मुद्दती खाताको सुरुवात गरेको छ। ग्राहकहरुलाई मुद्दतीका साथसाथै बचतको पनि लाभ एकै खातामा प्रदान गराउने उद्देश्यले यो खाता ल्याइएको बैंकले जनाएको छ। 
 
यस योजना अन्तर्गत ग्राहकको बचतमा जम्मा रकमलाई अटोमेटिक ट्रान्स्फरमार्फत अर्को खातामा पठाई २ वर्षको नयाँ मुद्दती खाता खोलिइन्छ।  बैंक धाइ राख्नुपर्ने वा आवेदन फारम भर्ने झन्झट बिना नै उच्च ब्याजदर प्राप्त गर्न मद्दत गर्छ। 
 
साथै, यस स्किम अन्तर्गत बचत खातामा कारोबार गर्ने रकम कम भएमा उक्त कम देखिएको रकम मुद्दती खाता तर्फबाट स्वचालित ढंगले प्रि–म्याच्योर भई बचत खातामा ट्रान्सफर गरिन्छ। जसले गर्दा अनफिक्स्ड खातामा पनि बचत खाताको जस्तै तरलता प्राप्त हुनेछ।
 
यो नयाँ योजना बैंकका सम्पूर्ण पुराना तथा नयाँ ग्राहकहरुको लागि प्रारम्भिक वार्षिक ब्याजदर १० प्रतिशतमा उपलब्ध छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved