मेगा बैंक र रेमिट टू नेपालबीच रेमिट्यान्स सम्झौता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 03, 2017 | 10:15:31 AM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक र रेमिट टू नेपालबीच रेमिट्यान्स कारोबार सम्बन्धी सम्झौता भएको छ। यस सम्बन्धि सम्झौतापत्रमा मेगा बैंकका तर्फबाट सहायक उपसिइओ रविना देशराज श्रेष्ठ र रेमिट टू नेपालका सिइओ चन्द्र भट्टले हस्ताक्षर गरेका छन। 

यस सम्झौता पश्चात रेमिट टू नेपालमार्फत नेपालीले विदेशबाट पठाएको रेमिट्यान्स मेगा बैंकका देशभरका शाखाबाट भुक्तानी लिन सकिनेछ। यसैगरी, रेमिट टू नेपालको सफ्टवेयरमार्फत स्वदेशभित्र रकम पठाउने र भुक्तानी लिन पाइने बताइएको छ। 
 
यो साझेदारीपछि विशेषगरि खाडी, जापान र युरोपबाट रेमिट्यान्स कारोबार सहज हुने कम्पनीको भनाइ छ। मेगा बैंकको देशभर ४० वटा शाखा कार्यालय तथा देशभरि छरिएका १४ सय रेमीट एजेन्ट छन्। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved