अन्यौल हटेपछि हुलाकी राजमार्ग निर्माणका लागि रेखाङ्कन तयार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 05, 2017 | 06:46:53 AM मा प्रकाशित

laxmi  sunrise bank

धनगढी बजार क्षेत्रको कुन ठाउँबाट पूर्वपश्चिम हुलाकी राजमार्ग निर्माण गर्ने भन्ने विषयमा टुङ्गो लागेपछि लामो समयदेखिको अन्योल हट्ने भएको छ ।

प्राविधिकले धनगढी उपमहानगरको मोहना नदीको पुलदेखि वडा नं २ र ८ हुँदै क्याम्पस चोकसम्म हुलाकी राजमार्ग निर्माण गर्न उपयुक्त हुने प्रतिवेदन तयार पारेपछि अन्योल हट्ने देखिएको हो । प्राविधिकले अध्ययन सर्वेक्षणपछि राजमार्ग निर्माण गरिने ठाउँको रेखाङ्कन समेत गरिसकेको हुलाकी राजमार्ग आयोजना कैलालीका प्रमुख तुरन्त मण्डलले बताए ।


मुख्य बजार क्षेत्र र घना बस्तीबाट राजमार्ग निर्माण गर्दा घरलगायत धेरै संरचना पर्ने भई लागतका दृष्टिमा त्यति उपयुक्त नहुने भएकाले बजारको बाहिरी भाग वडा नं २ र ८ हुँदै क्याम्पस चोक जोड्ने गरी हुलाकी राजमार्गको रेखाङ्कन गरिएको मण्डलले जानकारी दिए ।

रेखाङ्कन गरिएको सो क्षेत्रबाट राजमार्ग निर्माण गर्दा क्याम्पस चोकदेखि मोहना पुलसम्म दुई पुलसहित जम्मा छ किमी लामो राजमार्ग निर्माण गर्नुपर्ने देखिएको छ ।

रेखाङ्कन गरिएको हुलाकी राजमार्गको यो खण्डको स्वीकृतिका लागि हुलाकी सडक आयोजना केन्द्रीय कार्यालयमा पठाइएको छ । स्वीकृत भएर आएपछि आगामी एक दुई महिनामा निर्माण अघि बढ्ने बताइएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved