सुन तस्करीमा नयाँ प्रयोग, दुबई र मलेसियाबाट आउनेलाई यसरि बनाइन्छ भरिया

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 06, 2017 | 10:07:21 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल प्रहरीको अपराध अनुसन्धान बिभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडाई गर्न थालेपछि तस्करहरुले सुन तस्करीको बाटो बदलेका छन्। खासगरि संयुक्त अरर इमिरेट्सको दुवई र मलेसियाको क्वालालम्पुरबाट हवाईजहाज मार्फत गरिने सुन तस्करीको स्वरूपमा परिवर्तन भएको पाइएको छ। 

केहि समय अघिसम्म एकै व्यक्तिलाई बोकाएर किलोका किलो सुन नेपाल पठाउने तस्करहरुले पछिल्लो समय नेपाली सामान्य श्रमिकलाई प्रयोग गर्न थालेका छन। 

दुबई विमानस्थलबाट नेपालमा सुन तस्करीका लागि नेपालीहरुलाई प्रयोग गर्न थालिएको छ। यस्तै मलेसियामा पनि तस्कर गिरोहले अति सामान्य नेपाली श्रमिकलाई सुन बोक्न प्रयोग गर्न थालेका छन। 

क्वालालम्पुर विमानस्थलबाट दैनिक १ सय ५० एखी २ सय नेपाली मलेसियामा श्रम गरेर विदामा नेपाल फर्किन्छन। पछिल्लो समय सुन तस्करहरले तिनै सोझा नेपालीलाई बैधानिक रुपमा बोक्न पाउने ५० ग्राम सुन बोकाएर नेपाल पठाउने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोझै उनीहरुका ठेगानामा ति श्रमिकलाई लगेर उक्त सुन बुझ्ने गरिएको एक पिडितले बिजपाटीलाई बताए। तस्करहरुले विभिन्न जुक्ति लगाएर उनिहरुको सुन बोक्न बाध्य पार्ने गरेको उनले खुलाए। 

उनलाई क्वालालम्पुर विमानस्थलमा एक जना नेपालीले ५५ ग्राम सुन बोकाएर नेपाल पठाएका थिए। य बापत उनलाई बिमानस्थलबाट सुन्धारा निजिकारमा पुर्याउने र एक रात बास र खाना समेत दिइएको थियो। उनले भने 'त्यसदिनको फलाइटमा हामि ३० जना एकै जहाजमा थियौं, हामि सबैले प्रति व्यक्ति ५५ ग्राम सुन बोकेका थियौं। जुन हाम्रो थिएँन। सबै अरुकै थियो।'

तस्कर भरिया बन्न बाध्य पारिएका ति श्रमिकले मलेसियाबाट फर्किदा औषत भन्दा बढी तौलको झोला र लगेज लिएर नेपाल फर्किन थालेका थिए। उनल एक जना नेपालीलाई उक्त बिषय बताएपछि आफुले लगेजको झन्झट मिलाइदिने तर त्यसबापत आफ्नो काम गरिदिन पर्ने सर्त राखेका थिए। 

सर्त बमोजिम ति श्रमिकले उक्त सुन नेपाल ल्याएका थिए। मलेसियामा सुन तस्करहरुले प्रलोभन देखी ज्यान मर्ने धम्कि समेत दिएर नेपालीलाई भरिया बनाउदै आएको श्रोतले बताएको छ। 

नेपालको सीआईबिले यस सम्बन्धि सुईको पाए पनि एक्सनमा भने सकेको छैन। दुबईबाट एकै लटमा ५० जना भन्दा बढीले बैधानिक रुपमा तोकिएको सुन लिएर आएको थाहा पाएपछी सीआईबि पनि चुस्त अनुसन्धानमा लागेको छ। 

प्रत्येक दिन विभिन्न उडानबाट दुबई बाटपनि १ सय नेपाली श्रमिक बिदामा नेपाल आउने गर्छन। तिनीहरुलाई पनि प्रयोग गर्न थालिएको सुईको आफुहरुले पाएको प्रहरी नायब उपरीक्षक किरण जंग थापाले बताए। 

श्रोतका अनुसार मलेसिया र दुबईबाट दैनिक आधा देखि १ किलो सम्म सुन बैधानिक खोल ओडाएरै नेपाल भित्र्याईन्छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved