जितपुरको बारामा गुहेश्वरी मर्चेन्ट बैकिङ एण्ड फाइनान्सको ८ औ शाखा कार्यालय संचालनमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 10, 2017 | 09:20:53 PM मा प्रकाशित

laxmi  sunrise bank

गुहेश्वरी मर्चेन्ट बैकिङ एण्ड फाइनान्स लिमिटेडले जितपुर बारामा नयाँ शाखा संचालनमा ल्याएको छ। जितपुर चेम्बर अफ कमर्श एण्ड इन्डस्ट्रिका अध्यक्ष घनश्याम गिरि र फाइनान्सका अध्यक्ष श्रीमान श्रेष्टले यस शाखाको उद्घाटन गरे।  

८ औ शाखा कार्यालयको रुपमा संचालनमा ल्याइएको यस शाखाबाट ग्राहकले डिपी सेवा, एसएमएस तथा इन्टरनेट बैंकिङ सेवा, रेमिट्यान्स र आस्वा सेवा प्राप्त गर्ने जनाइएको छ। 

यस अवधिमा फाइनान्सले २ अर्ब १२ करोड निक्षेप संकलन गरि १ अर्ब ९६ करोड कर्जा प्रवाह गरेको छ। साथै यस अवधिमा फाइनान्सको संचालन मुनाफा ४ करोड ७७ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष रकम १३ करोड १७ लाख रुपैयाँ रहेको छ। 

फाइनान्सले गत आर्थिक बर्षको कमाईबाट १२ प्रतिशत बोनस सेयर वितरण गरेको छ। त्यस्तै उसले ५० प्रतिशत हकप्रद बिक्रि गरेको छ। हकप्रद तथा बोनस सेयर वितरण पश्चात फाइनान्सको चुक्ता पुंजी ४९ करोड ३५ लाख पुगेको छ । 
 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved