प्रतिसिलिण्डर २५ रुपैयाँ बढाउँदा पनि निगमलाई मासिक ५३ करोडको घाटा, के अझै मूल्य बढ्ला ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 14, 2017 | 06:51:07 AM मा प्रकाशित

laxmi  sunrise bank

आपूर्ति मन्त्री दिपक बोहोराले एलपी ग्याँसको मूल्य बढाउनु सरकारको बाध्यता रहेको बताएका छन। सरकारले प्रति सिलिन्डर २५ रुपैयाँ बढाउँदा समेत सरकारले महिनामा ५३ करोड घाटा बेहोर्नु पर्ने आपूर्ति मन्त्री बोहोराको दाबि छ।

एलपी ग्याँसको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाउदा पनि सरकारलाई मासिक ५३ करोड नोक्सानी भएको जानकारी गराउंदै मन्त्री बोहोरा सरकारको बाध्यता बुझिदिन अधिकारकर्मीहरुलाई आग्रह गरेका छन। अन्तराष्ट्रिय बजार अनुसार मूल्य समायोजना गरेर अघि बढनुको कुनै विकल्प नरहेको उनको दाबि छ। मन्त्री बोहोराको अनुसार सरकारले अहिले पनि एलपी ग्यासमा प्रतिसिलिन्डर ३ सय ५ रुपैयाँ घाटा बेहोरेको छ।

तर अधिकारकर्मीहरुले भने नेपाल आयल निगम भित्र वित्तिय अनुशासन कायम नभएका कारण उपभोक्ता चर्को मारमा पर्ने गरेको आरोप लगाउँदै आएका छन । त्यस्तै अधिकारकर्मीहरुले राजधानीमा पेट्रोलियम पदार्थको समेत अभाव देखिएको प्रति निगमको ध्यानाकर्षण गराएका छन। तर निगमसँग पर्याप्त भण्डारण नभएको बुझेका उपभोक्ताले आफैं इन्धानको जोहो गर्न लागेका कारण बजारमा इन्धन अभाव भएको आयल निगमले बताएको छ।

सरकारले शुक्रबार राति खाना पकाउने एलपी ग्याँसको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएको छ। अन्तर्राष्ट्रिय बजारमा ग्यासको मूल्य बढेको भन्दै निगमले प्रति सिलिण्डर २५ रुपैयाँ बढाएर १३ सय ७५ रुपैयाँ पुर्याएको हो।   
 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved