७५ जिल्लाहरुमा लघुवित्त बैंकिङ्ग कार्यक्रम पुर्याउने एनएमबि माइक्रोफाइनान्सको योजना

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 15, 2017 | 05:36:30 AM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तिर्थरत्न कोनाजोले वित्तीय संस्थाहरुले बैंकिङ पहुंच नपुगेका हिमाली तथा पहाडी जिल्लाहरुका बिपन्न बर्ग समुदायलाई बिशेष जोड दिनु पर्ने बताएका छन। एनएमबि माइक्रोफाइनान्सले चौथो बर्ष पुरा गरि पाँचौ प्रवेशमा गरेको उपलक्ष्यमा आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन।  

सो अवसरमा बोल्दै सीईओ कोनाजोले आफ्नो संस्थाले समावेशी बैंकिङ्ग कार्यक्रम संचालन गर्दै आएको बताए । वार्षिकोत्सव अवसरमा संस्थाले केन्द्रीय कार्यालय तथा अन्य ५० वटा शाखा कार्यालयहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न कार्यक्रम आयोजना गर्यो । 

यस कार्य अन्तर्गत् संस्थाले सामुदायिक विद्यालयमा कापी कलम वितरण, वृद्धाश्रममा वृद्ध वृद्धाहरुलाई फलफुल तथा खाद्यन्न वितरण, मठ मन्दिर सरसफाई, अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता, फुटवल प्रतियोगिता, जलपान समारोह लगायतको कार्यक्रम गरेको छ।    

यस अवसरमा पोखराको लेकसाइड स्थित केदारेश्वर मन्दिर परिसरमा सरसफाइका साथै पोखराको सीतापाइला स्थित वृद्धाश्रममा एक कार्यक्रमको आयोजना गरी ७२ जना वृद्धाहरुलाई फलफुल तथा जुस वितरण गरेको छ । त्यस्तै अर्को कार्यक्रममा पोखराको गौरीशंकर प्राविका ५० जना विद्यार्थीहरुलाई कापी कलम वितरण समारोहमा विद्यालका प्रधानाध्यापक राम बहादुर कार्कीले विद्यालमा विपन्न तथा पिछडिएका जाती, वर्ग समुदायका ज्याला मजदुरी गर्ने अभिभावकका विद्यार्थीहरु मात्र अध्ययन गर्दै आएकाले संस्थाले वितरण गरेको शैक्षिक सामग्रीले विद्यार्थीहरुलाई अध्ययनको लागि सहज हुने बताए ।

वि.सं २०६९ चैतमा स्थापित वित्तीय एनएमबि माइक्रोफाइनान्सले देशका २५ वटा हिमाली तथा पहाडी जिल्लाहरुमा ५० वटा शाखा कार्यालय मार्फत वित्तिय सेवा प्रदान गर्दे आएको छ । 

एनएमबि माइक्रोफाइनान्सले हालसम्ममा ५२ हजार सदस्यहरुबाट ३१ करोड रुपैँया बचत संकलन गरि एक अर्ब ४६ करोड कर्जा लगानी गरेको छ । संस्थाको राष्टिय स्तरको लघुवित्त संस्थामा स्तरोन्नती भई ७५ जिल्लाहरुमा लघुवित्त बैंकिङ्ग कार्यक्रम पुर्याउने वित्तीय संस्थाको योजना रहेको जनाइएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved