रिलायबलको हकप्रद खारेज,समान स्वाप रेसियोमा ग्लोबल बैंकमा बिलय गराउन दबाब

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 16, 2017 | 02:23:03 AM मा प्रकाशित

laxmi  sunrise bank

रिलायबल डेभलपमेन्ट बैंकले अन्तत हकप्रद प्रस्ताबलाई खारेज गर्दै ग्लोबल आइएमई बैंकमा बिलय हुने निर्णय गरेको छ। बैंकको आर्मी अफीर्सस क्लब भद्रकालीमा सम्पन्न ११ औ बार्षिक साधारणसभाले अघिल्लो साधारणसभाको निर्णय खारेज गर्दै ग्लोबल बैंकमा बिलय हुने निर्णय पारित गरेको हो। 

१० औ बार्षिक साधारणसभाले शतप्रतिशत हकप्रद दिने प्रस्ताब गरेकाले लगानीकर्ताले महँगोमा सेयर उठाउनु परेको विवादलाई व्यवस्थापन गर्दै अन्तत बैंकले हकप्रद बिक्रि बिना नै ग्लोबलसंग बिलय हुने प्रस्ताब पारित गराउन सफल भएको हो। बैंकको आज बसेको साधारणसभाले गत आर्थिक बर्षको कमाईबाट घोषणा गरिएको २८ दशमलब १४ प्रतिशत बोनस सेयर प्रस्ताब समेत पारित गरेको छ। 

साधारणसभामा बोल्ने अधिकांश सेयरधनीहरुले ग्लोबल आईएमई बैंकसंग बिलय हुँदै गर्दै सम्मान जनक १ बराबर १ स्वाप रेसियोमा एक्वायर हुनु पर्ने माग गरेका छन।  प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले बैंकले आफ्नो अस्तित्व समाप्त गरि अन्य बैंकमा बिलय हुनु दुखद भएपनि  सम्मानजनक स्वाप रेसियो पाउनेमा सेयरधनीहरुलाई विश्वास दिलाए। 

सीईओ लोहनीले हकप्रद निष्काशन गर्दा ग्लोबलसंगको एक्वायर प्रक्रिया रद्द हुने, हकप्रद बिक्रि गरेर अघि बढ्दा चुक्ता पुंजी पुर्याउन गाह्रो हुने परिस्तिथि बैंकमा सिर्जना भएको जानकारी गराउंदै लगानीकर्तालाई यस्तो अवस्थालाई आत्मसाथ गरिदिन आग्रह गरे। 

त्यस्तै बैंकका संचालक समितिका अध्यक्ष राधेश्याम अग्रवालले रिलायबललाई नेपाल बंगलादेश बैंकसंग एक्वायर गराउने प्रक्रिया अघि बढ्न नसक्दा बैंकको अस्तित्व जोगाउन शतप्रतिशत हकप्रदको बाटो रोज्नु परेको लगानीकर्ता माझ जानकारी गराए।

११ औ बार्षिक साधारणसभाले हकप्रद प्रस्ताब खारेज गरेसंगै लामोसमय देखिको विवाद साम्य भएको छ भने ग्लोबलबैंकमा गाभिने बाटो खुला भएको छ।

यो पनि: रिलायबलले भन्यो- हकप्रद भन्दा ग्लोबलमा बिलय हुनु नै लगानीकर्तालाई बढी फाइदामुलक 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved