५ बिशेष प्रस्ताब पारित गर्दै मेगा बैंकको साधारणसभा सम्पन्न

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 17, 2017 | 05:59:54 AM मा प्रकाशित

laxmi  sunrise bank

गत आर्थिक बर्षको कमाईबाट १३ दशमलब २५ प्रतिशत बोनस र बोनस पश्चात ६५ प्रतिशत हकप्रद पारित गर्दै मेगा बैंकको छैटौ बार्षिक साधारण सभा सम्पन्न भएको छ। 

ब्यापार तथा कारोबार बिस्तार गर्ने योजना अन्तर्गत बैंकले आस्बा प्रणाली अबलम्बन गर्ने, जीवन र निर्जीवन बीमा कम्पनी सञ्चालन गर्ने,  मर्चेण्ट बैंक तथा सेयर दलाल लाईसेन्स लिने, स्वदेशी तथा विदेशी रणनितिक साझेदारी गर्ने लगायतका प्रस्ताब पारित गरेको छ। बैंकले पारित गरेका यी योजनाहरु अघि बढाउनका लागि प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्ने भएको छ।   

बैंकको साधारणसभामा मर्जर र एक्विजशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई पुर्ण अख्तियारी दिन माग गरिएको छ। बैंकले हालै मात्र टुरिजम डेभलपमेन्ट बैंकसंग टुरिजमलाई मेगाको १०० बराबर ९५ कित्ता सेयर दिने गरि मर्जमा जाने सहमति भएको थियो। टुरिजम र मेगाबीचको मर्जर विवादास्पद बनेकाले पनि आजको साधारणसभामा टुरिजमको नाम उल्लेख नगरी संचालक समितिलाई मर्जर र एक्विजशन सम्बन्धि कार्य गर्न अख्तियारी दिन माग गरिएको अनुमान गरिएको छ। 

राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब पुर्याउने योजना अन्तर्गत मेगाले पश्चिमान्चल विकास बैंकलाई आफुमा गाभेर २५ प्रतिशत हकप्रद बिक्रि गरेको थियो। २५ प्रतिशत हकप्रद बिक्रि पश्चात बैंकले गत आर्थिक बर्षको कमाईबाट १३ दश्मलब २५ प्रतिशत बोनस सेयर बितरण गरेको हो। 

बोनस बितरण पश्चात ६५ प्रतिशत हकप्रद बिक्रि तथा वितरणपछि बैंकको चुक्ता पुंजी ७ अर्ब ५० करोड नाघ्ने छ। बैंकले यहि आर्थिक बर्षको कमाईबाट बोनस वितरण गरेर नै चुक्ता पुंजी पुर्याउन सक्ने भएपनि टुरिजमसंग मर्जमा जाने निर्णय गरेको हो।

उता मातृभूमि विकास बैंक तथा कालिञ्चोक डेभलपमेण्ट बैंकलाई गाभेको टुरिजमले गत आर्थिक बर्षको कमाईबाट १८ दशमलब ६ प्रतिशत बोनस सेयर वितरण गरि शतप्रतिशत हकप्रद बिक्रि तथा बितरण गरेर मात्र मेगासंगको मर्जर प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। मेगा र टुरिजमको सफल मर्जर पश्चात बन्ने मेगा बैंकको चुक्ता पुंजी ९ अर्ब ७० करोड हाराहारी पुग्ने छ।  

  


     

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved