पाल्पा,रुपन्देही र अर्घाखाँचीमा त्रिबेणी विकास बैंकको नयाँ शाखा कार्यलय र सिमित बैंकिङ इकाई संचालनमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 18, 2017 | 09:14:10 PM मा प्रकाशित

laxmi  sunrise bank

त्रिबेणी विकास बैंकले थप चार नयाँ शाखा तथा एक सिमिति बैंकिङ इकाई संचालनमा ल्याएको छ। ग्रामिण तहसम्म शाखा विस्तार गरी आधारभुत तहका जनतामा बैंकिङ सेवा पुर्याउने लक्ष्य सहित बैंकले पाल्पा, रुपन्देही र अर्घाखाँचीमा चार  शाखा तथा एक सिमिति बैंकिङ इकाई थप गरेको हो। 

बैंकले पाल्पाको सराई, ताहुँ, रुपन्देहीको मोतिपुर तथा अर्घाखाँचीको पोखराथोकमा गरि चार शाखा कार्यालय तथा पाल्पाको छहरामा सिमित बैंकिङ इकाई संचालनमा ल्याएको छ।

संचालनमा ल्याइएका पाल्पाको सराई, ताहुँ र रुपन्देहीको शाखा कार्यालय चैत ३ मा र पाल्पाको छहराको सिमित बैंकिङ तथा अर्घाखाँची पोखराथोकको शाखा कार्यालय चैत ४ मा समुद्घाटन गरिएको हो। बैंकका संचालक समितिका अध्यक्ष लङ्कबहादुर केसीले सबै शाखा कार्यालयको उद्घाटन गरेका हुन। 

यस अघि सिमित बैकिङको इकाईको रुपमा संचालनमा रहेका पाल्पाको सराई, ताहुँ , रुपन्देहीको मोतिपुर तथा अर्घाखाँचीको पोखराथोक कार्यालयलाई कारोबार तथा सेवा बिस्तारका लागि शाखा कार्यालयमा रुपान्तरण गरिएको बैंकले जनाएको छ। उपभोक्ताहरुले यस शाखा कार्यालयबाट सम्पुर्ण बैंकिङ सेवा प्राप्त गर्ने जनाइएको छ।

यस संगै त्रिबेणी विकास बैंकको शाखा संख्या २९ पुगेको छ भने १ एक्स्टेन्सन काउन्टर सहित ३ सिमित बैंकिङ इकाई पुगेको छ। त्रिबेणी हाल जनताबैंकसंग मर्जर प्रक्रियाको अन्तिम चरणमा रहेको छ। 

यो पनि: जनतामा सिद्दार्थ मिसिएपछी के होला ६० प्रतिशत हकप्रद ?

          जनतामा त्रिबेणीको साथसाथै सिद्दार्थ डेभलपमेन्ट पनि गाभिने, कति तोकियो स्वाप रेसियो ?   

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved