युवा वर्गलाई लक्षित बजाजको महँगो बाइक डोमिनार ४०० सार्वजनि, यस्ता छन बिशेषता (भिडियो)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 19, 2017 | 07:18:00 PM मा प्रकाशित

laxmi  sunrise bank

बजाज मोटरसाइकलको महँगो मोटरसाइकल नेपाली बजारमा सार्वजनिक गरिएको छ। नेपालका लागि बजाजको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द्र एण्ड कम्पनीले बजाज डोमिनार ४०० आज एक विशेष कार्यक्रमकावीच नेपाली बजारमा सार्वजनिक गरेको हो।  

निकै अपेक्षित मानिएको यस बाईकलाई युवा वर्गलाई लक्षित गरेर स्पोर्टि मोडलमा बनाइएको कम्पनीले जनाएको छ। यस  मोटरसाइकलको इन्जिन क्षमता ३ सय ७३. २ सीसीको छ भने सिंगल सिलिण्डर, ट्रिपल स्र्पाक इन्जिन मोटरसाइकलमा रहेको छ। 
 
यो मोटरसाइकलमा न्यूनतम हेड फेयरिंग रहेको छ, जसमा १२ भोल्टको  हेडल्याम्प  छ। ट्युवलेस टायर रहेको यस मोटरसाइकलको दुबै रिङमा डिस्क ब्रेक रहेको छ।   मोटरसाइकलमा ६ गेयर छ भने पछाडि मोनो सक जडान गरिएको छ।
 
नेपाली बजारमा यस मोटरसाइकलको मूल्य चार लाख ७० हजार तोकिएको छ। नयाँ डोमिनार ४०० ले रोमाञ्चक अनुभव प्रदान गर्ने कम्पनीको दावी छ। मोटरसाइकलले १ सय ४८ किलोमिटर प्रतिघण्टाको गुड्ने क्षमता राख्दछ। 
 
सानदार आकारमा रहेको बजार डोमिनारको लम्बाई २१५६ एमएम, चौडाई ८१३ एमएम तथा १११२ एमएमको उचाई प्रदर्शन गरिएको छ। बाइकको इन्धन क्षमता १३ लिटरको छ। यसको कुल तौल १८२ केजी छ। 
 
यो बाइक नेपालभरका  बजाजका सोरुमहरुमा उपलव्ध रहेको कम्पनीले जनाएको छ। हंसराज हुलासचन्द्र एण्ड कम्पनीका कार्यकारी निर्देशक शेखर गोल्छाले डिजाइन र इन्जिन प्रविधिको क्षेत्रमा बजाजले सधै उत्कृष्टता प्रस्तुत गर्दै आएको दावी गरे।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved