देब बिकास बैंकले युनियन फाइनान्सलाई गाभ्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 23, 2017 | 06:33:36 AM मा प्रकाशित

laxmi  sunrise bank

देब बिकास बैंक लिमिटेडले युनियन फाइनान्स लिमिटेडलाई एक्वायर गर्ने भएको छ। यस सम्बन्धि समझदारी पत्रमा दुवै संस्थाबीच चैत ८ मा सहमति भएको हो। 

एक्वायर सम्बन्धि समझदारी पत्रमा देब बिकास बैंकको तर्फबाट संचालक समितिका अध्यक्ष प्रा.डा. सुवर्ण लाल बज्राचार्य र युनियन फाइनान्सको तर्फबाट संचालक समितिका अध्यक्ष भक्त बहादुर मल्लले हस्ताक्षर गरेका छन।

युनियन फाइनान्सलाई गाभेपछि देब बिकास बैंकको नामबाट नै कारोबार गर्ने दुवै पक्षबीच सहमति भएको छ। त्यस्तै एक्वायर पश्चात बन्ने देब बिकास बैंकको संचालक समितिको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतमा देब विकास बैंक नै रहने भएको छ।

एक्वायर पश्चात बन्ने देब बिकास बैंकको चुक्ता पुंजी १ अर्ब ६२ करोड पुग्ने छ। हाल देव विकास बैंकको चुक्ता पुंजी १ अर्ब ४४ लाख रुपैयाँ र   युनियन फाइनान्सको १७ करोड ६५ लाख रुपैयाँ रहेको छ । 

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंकले २०७४ असार मसान्तसम्म चुक्ता पुंजी २ अर्ब ५० करोड पुर्याउनु पर्ने छ। अन्य संस्थासंग मर्जर तथा प्राप्ति मार्फत अपुग चुक्ता पुंजी थप गर्ने बैंकले जनाएको छ। 
 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved