उद्योग वाणिज्य क्षेत्रलाई राजनीतिमुक्त राख्न आग्रह

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 25, 2017 | 08:21:33 PM मा प्रकाशित

laxmi  sunrise bank

मुलुकका राजनीतिक दलले उद्योग वाणिज्य क्षेत्रलाई बन्द हडतालमुक्त क्षेत्र बनाउन पहल गरिदिन नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुराररकाले राजनीतिक दलसँग आग्रह गरेका छन् ।

तौलिहवा उद्योग वाणिज्य सङ्घको आयोजनामा तौलिहवामा शुक्रबार सुरु भएको चौथो प्राचीन कपिलवस्तु महोत्सवको उद्घाटन गर्दै मुरारकाले सरकारले उद्योग व्यवसाय संरक्षण नीति लिए एक दशकभित्रै मुलुकको व्यापार घाटा कम गर्न नेपालको उद्योग वाणिज्य क्षेत्र सक्षम रहेको बताए ।

महोत्सवमा उद्योग, कृषि, पर्यटन, व्यापारलगायतका करिब १५० कक्ष छन् । महोत्सव अवधिभर जिल्लाका विभिन्न पुरातात्विक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा जोड दिइने सङ्घका अध्यक्ष गयादीन कुर्मीले बताए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved