सरकारको निर्णय मान्दैनौ भन्दै नागरिक अगुवा र मिस नेपालले एनसेलको सिम जलाए

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 26, 2017 | 08:02:18 PM मा प्रकाशित

laxmi  sunrise bank

एनसेल कर प्रकरण झनै पेचिलो बनेको छ। पुंजीगत लाभकर अन्तर्गतको ३३ अर्ब नतिरेको बिरोधमा शनिवार ललितपुरको पाटन दरबार क्षेत्रमा नागरिक अगुवा र मिस नेपाल सुविन लिम्बू लगायतकाले एनसेलको सिम जलाएका छन। 

नागरिक अधिकार अभियान नेपालले सरकारले एनसेलको पुंजीगत लाभकर सम्बन्धि पछिल्लो पटक गरेको निर्णयको बिरोधमा उक्त कार्यक्रम आयोजना गरेको हो। बिरोध कार्यक्रममा बोल्ने अधिकांशले एनसेलले सरकारलाई बुझाउन बाँकी ३३ अर्ब पुँजीगत लाभकर अविलम्व बुझाउन माग गरेका छन।

नागरिक अधिकार अभियान नेपालले आयोजना गरेको उक्त बिरोध कार्यक्रममा सहभागिता जनाएका मिस नेपाल सुविन लिम्बू, मानवअधिकारी संस्था ईन्सेकका प्रमुख सुवोधराज प्याकुरेल, नागरिक अभियानका सदस्य हरिराम रिमाल र नयाँ शक्तिका नेता तथा सामाजिक अगुवा निर्मल भट्टराईले सांकेतिक रुपमा एनसेलको सिम जलाएका छन।

प्रमुख वक्ताका रुपमा बिरोध कार्यक्रममा उपस्तिथी जनाएका मानवअधिकारी संस्था ईन्सेकका प्रमुख सुवोधराज प्याकुरेल लगायतका सबै जसो वक्ताले एनसेलको सेवा बहिस्कार गर्न सर्वसाधारणमा अपिल समेत गरेका छन्। 

एनसेलले पुंजीगत लाभकर अन्तर्गतको ३३ अर्ब तिर्नु पर्ने मुद्दा पछिल्लो पटकको मन्त्रिपरिषदको बैठकमा प्रवेश गरेपछि झनै विवादित बनेको छ। कर अधिकृतको काम मन्त्रि र प्रधानमन्त्रीले गर्न थाले भन्दै यस कार्यको सांसद रामहरी खतिवडा लगायतकाले चर्को बिरोध गर्दै आएका छन। 

अघिल्लो साता मात्रै मिनी संसद मानिने लेखा समितिले यस बारे उपप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महरालाई लेखा समिति झिकाएर स्पष्टिकरण मागेको थियो। जसमा अर्थमन्त्री महराले उक्त प्रस्ताब आफुले नलगी प्रधानमन्त्री प्रचण्ड स्वयमले मन्त्रिपरिषदमा लगेको बताएका थिए। लेखा समितिले प्रधानमन्त्रीसंग नै यस बारे थप जानकारी लिने प्रक्रिया अघि बढाउने भएको छ ।

यो पनि: 

अर्थमन्त्रीको सनसनीपूर्ण खुलासा 'एनसेलले प्रधानमन्त्रीलाई पत्र पठाएपछि ठाडो आदेश आयो'  

एनसेल कर प्रकरण: लेखा समितिमा अर्थमन्त्री महराको 'यु टर्न', प्रधानमन्त्री बोलाउन सांसदको माग 

फेरी चर्कियो एनसेल कर प्रकरण, दाहाल,महरा र निधिको निर्णयमा लेखा समितिको आपत्ति 

एनसेल काण्डमा ३३ अर्बको भ्रष्टाचार गर्ने र राष्ट्रघात गर्नेको भण्डाफोर गर्न नयाँ शक्तिको आग्रह 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved