सुनको मूल्य घट्यो, महासंघको वेबसाइट 'एक्सपाएर'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 29, 2017 | 09:05:23 PM मा प्रकाशित

laxmi  sunrise bank

सातको चौथो दिन बुधबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। मंगलबार प्रति तोला ५४ हजार ९ सयमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा ३  सयले घटेर प्रति तोला ५४ हजार ६  सयमा कारोबार भईरहेको छ  ।

त्यस्तै चांदी तोलामा ५ रुपियाँले बढेर प्रति तोला ८ सय ५ रुपैयाँमा कारोबार भईरहेको छ। 

नेपाल सुनचाँदी महासंघले बुधबार प्रति १० ग्राम फाइन गोल्डको मूल्य ४६  हजार ८ सय १०   रुपैयाँ तोकेको छ भने चांदी प्रति १० ग्रामको मूल्य ६ सय ९०  रुपैयाँ कायम गरेको छ।  

उता नेपाल सुनचाँदी ब्यबसायी महासंघको वेबसाइट 'एक्सपाएर' भएको छ । डोमेन नवीकरण नगर्दा आज बिहान महासंघको वेबसाइट  'एक्सपाएर' भएको देखाएको छ ।

यस बारे महासंघमा बुझ्दा पुर्व अध्यक्ष तेज रत्न शाक्यले केहि प्राविधिक समस्या आएको साइट छिट्टै संचालन हुने बताए ।

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved