एनआईसी एशिया बैंकद्वारा नेपाल बाल संगठन (बाल मन्दिर) लाई सहयोग

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 30, 2017 | 02:46:53 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआइसी एसिया बैंकले नेपाल बाल संगठन (बाल मन्दिर) लाई सहयोग गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल बाल संगठनमा आश्रित बालबालिकाहरुका लागि विगतका वर्षहरुदेखि मासिक रुपमा उपलब्ध गराउदै आईरहेको दिउँसोको खाजाको रुपमा प्रयोग हुने पोषिलो (Nutritious) खाद्य पदार्थ (खानेकुरा) पुनः आगामी एक वर्षको लागि उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।    

आफ्नो देश भरी फैलिएको ८९ वटा शाखा कार्यालयहरु मार्फत देशका विभिन्न स्थानहरुमा सामाजिक कार्यहरुमा सहयोग गरिदै आएको बैंकका  
प्रबन्धक कर्पोरेट कम्युनिकेशन एण्ड ब्राण्डीङ सरोज भट्टराईले जानकारी दिए। बैंकले भविष्यमा पनि निरन्तर यसरी नै सामाजिक कार्यहरुमा सहयोग गरिरहने प्रतिबद्धता जनाएको छ। 

यस्ता कार्यक्रमहरुले अन्य संघ संस्था तथा व्यक्तिहरुलाई पनि सामाजिक उत्तरदायित्वको बोध गराउने र देश विकाशका कार्यहरुमा योगदान पुर्याउन  प्रोत्साहन दिने विश्वास बैंकले लिएको छ ।


 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved