कुलमान घिसिङलाई ‘हाइड्रो नेपाल एक्सिलेन्स अवार्ड’,डा.हरिमानलाई पनि सम्मान

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 31, 2017 | 06:41:27 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक कुलमान घिसिङ ‘हाइड्रो नेपाल एक्सिलेन्स अवार्ड’ बाट सम्मानित भएका छन। हाइड्रो नेपालले वर्ष २०७३ को लागि मुलुकलाई लोडसेडिङमुक्त गर्नको लागि आफ्नो उच्चतम प्राविधिक ज्ञान तथा उत्तम व्यवस्थापकीय क्षमता प्रदर्शन गरेकोमा घिसिङलाई यस अवार्डबाट सम्मान गरेको जनाएको छ। 

गत असोजको सुरुवातमा कार्यकारी प्रमुखको रुपमा प्राधिकरणको कमाण्ड सम्हालेका घिसिङले हाइड्रोमा सबैभन्दा बढी योगदान दिएकाले उनलाई यस अवार्डबाट सम्मानित गरिएको संस्थाले जनाएको छ । 

दैनिक १८ घण्टासम्म अध्याँरोमा बस्न बाध्य नेपालीहरुलाई उज्यालोमा राख्न सफल भएका घिसिङ यस अवार्डका लागि योग्य भएको समेत संस्थाले बताएको छ। घिसिङले बिद्युत प्राधिकरणको जिम्मेवारी सम्हालेको छोटो समय मै काठमाडौंसहित पोखरा, चितवनमा लोडसेडिङ हटाएर हाइड्रोको विकासका लागि उत्साह जगाएका छन। 

त्यस्तै डा. हरिमान श्रेष्ठलाई संस्थाले हाइड्रो नेपाल लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गर्ने निर्णय गरेको छ। ड़ा श्रेष्ठले सन् १९६६ मा तत्कालीन सोभियत संघबाट आफ्नो जलस्रोतसम्बन्धी रिसर्चको सिलसिलामा नेपालको जलविद्युत् क्षमता ८३,००० मेगावाट रहेको पत्ता लगाएका थिए।    

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved