उद्योग बाणिज्य महासंघमा आज चुनाव हुँदै, वरिष्ठ उपाध्यक्षमा कडा प्रतिष्पर्धा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 11, 2017 | 06:24:06 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग बाणिज्य महासंघको आगामी कार्यसमितिका लागि आज मतदान हुँदै छ। अध्यक्षसहित ६३ सदस्यीय कार्यसमितिका लागि आज ६२ पदका लागि निर्वाचन हुँदै छ। 

विभिन्न चरणमा सहमतिमा नयाँ कार्यसमिति चयन गर्ने प्रयास गरिएपनि अन्तत उक्त प्रयास असफल जस्तै देखिएको छ। आज अन्तिम समयसम्म सहमति गर्ने प्रयास जारि रहने बताइएपनि ६२ पदका लागि १११ जना प्रतिस्पर्धामा उत्रिएका छन। 

३ महिना अघि उद्योग बाणिज्य महासंघको बिधान संसोधन भई वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष बन्ने व्यवस्था अनुसार अहिले कायम वरिष्ठ उपाध्यक्ष भवानी राणा स्वतः अध्यक्ष चयन हुनेछिन्। त्यस्तै वरिष्ठ उपाध्यक्षका लागि जिल्लानगर उपाध्यक्ष किशोरकुमार प्रधान र एसोसियट उपाध्यक्ष शेखर गोल्छाबीच प्रतिष्पर्धा हुँदैछ। 

जिल्लानगर र वस्तुगत उपाध्यक्षसहित केन्द्रीय सदस्य पदका लागि मतदान हुँदैछ । जिल्लानगरतर्फको खुला केन्द्रीय कार्यकारिणी सदस्यका लागि १९, एसोसियटका लागि १९, वस्तुगततर्फ १३ केन्द्रीय सदस्यका लागि मतदान हुँदैछ । एसोसियट उपाध्यक्षका लागि चन्द्रप्रसाद ढकाल भने यस अघि नै निर्विरोध निर्वाचित भैसकेका छन्।  

जिल्ला तथा नगर उद्योग वाणिज्यसंघका १०४ प्रतिनिधि, वस्तुगत सदस्यतर्फका ९९ र ८५१ एशोसियट सदस्यले मतदान गर्नेछन् । त्यस्तै ९ वटा द्विराष्ट्रिय उद्योग वाणिज्य संघका प्रतिनिधिले पनि मतदान गर्ने निर्वाचन समितिले जनाएको छ । 

आज बिहान ८ बजे देखि १२ बजे सम्म निर्वाचन हुने र आजै बेलुका नयाँ नेतृत्त्व घोषणा हुने मुख्य निर्वाचन अधिकृत उपेन्द्र केशरी न्यौपाने रहेको निर्वाचन समितिले जनाएको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved