केन्द्रीय प्रसारण लाइनमा थपियो जोगमाई खोलाको ७.५ मेगावाट बिजुली

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 16, 2017 | 11:45:00 AM मा प्रकाशित

laxmi  sunrise bank

जोगमाई खोलाबाट उत्पादित ७.५ मेगावाट बिजुली नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा थपिएको छ । निजी क्षेत्रद्वारा प्रवद्र्धित सान्भी इनर्जीले इलामको नामसालिङ र नयाँबजार गाविसमा पर्ने जोगमाई खोलाबाट उत्पादित बिद्युत केन्द्रीय प्रसारण लाइनमा थापिएको हो  ।

  सान्भी इनर्जीका अनुसार हाल उत्पादित विद्युत् प्राधिकरणको गोदकस्थित १३२ र ३३ केभी सवस्टेसनमा आपूर्ति भएको छ । उक्त विद्युत्गृहले वार्षिक रूपमा ४३ लाख युनिट बिजुली उत्पादन गर्छ । आयोजनाले उत्पादन गरेको सबै बिजुली विद्युत्गृहदेखि काबेली करिडोरअन्तर्गत ३३ केभी प्रसारण लाइनमार्फत गोदकस्थित सवस्टेसनमा पु¥याइएको छ ।

आयोजनाले ३० वर्षका लागि प्राधिकरणसँग बर्खायाममा प्रतियुनिट चार रुपैयाँ ८० पैसा र हिउँदयाममा प्रतियुनिट आठ रूपैयाँ ४० पैसामा विद्युत् खरिद सम्झौता (पिपिए) गरेको छ । पिपिएअनुसार व्यापारिक उत्पादन भएको मितिदेखि पाँच वर्षसम्मका लागि वार्षिक तीन प्रतिशत मूल्य वृद्धि हुनेछ ।

आयोजनामा लक्ष्मी बैंकको अगुवाइमा प्रभु बैंक, विभोर सोसाइटी बैंक र कैलाश विकास बैं्कले लगानी गरेका छन् । 

एक अर्ब ५० करोडको लागतमा  २७ महिनामा आयोजना सम्पन्न भएको हो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved