टिफा बैठकमा भाग लिन अमेरिकी सरकारका उच्च अधिकारी काठमाडौँमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 19, 2017 | 12:25:32 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल र अमेरिकाबीच व्यापार तथा लगानी सम्झौता (टिफा)को तेस्रो बैठक बिहीबार यहाँ हुँदैछ ।

नेपाली उत्पादनलाई अमेरिकी बजारमा प्रवद्र्धन एवम् बिक्री अभिवृद्धि गर्ने उद्देश्यले नेपाल र अमेरिकाबीच २०६८ सालमा टिफा सम्झौता भएको थियो । नेपालमा अमेरिकी लगानी आकर्षित गर्न तथा नेपाली वस्तु र सेवाको व्यापार विस्तारमा सघाउन उक्त सम्झौता भएको हो ।

वाणिज्य मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायको नेतृत्वमा हुने उक्त बैठकमा वाणिज्य, अर्थ, परराष्ट्र, कानुन, न्याय तथा संसदीय मामिला र उद्योग मन्त्रालयका साथै नेपाल राष्ट्र बैंक, नेपाल लगानी बोर्ड, गुणस्तर तथा तापतौल विभाग र खाद्य प्रविधि अनुसन्धान विभागका उच्च अधिकारी सहभागी हुने वाणिज्य मन्त्रालयका प्रवक्ता रविशङ्कर सैंजुले जानकारी दिए ।

बैठकमा भाग लिन अमेरिकी सरकारका उच्च अधिकारी पनि राजधानी आइसकेको जनाइएको छ । रासस

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved