गभर्नर नेपालले औल्याए भूकम्प पीडितलाई सस्तो ब्याजमा कर्जा प्रवाह हुन नसक्नुको कारण

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 28, 2017 | 07:04:01 PM मा प्रकाशित

laxmi  sunrise bank

राजधानीको भृकुटीमण्डपमा शुक्रबारदेखि बैंकिङ एक्स्पो सुरु भएको छ। मिडिया इन्टरनेसनलको आयोजना तथा राष्ट्र बैंकको प्रवद्र्धनमा आजदेखि सुरु भएको एक्स्पोको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले देशभर वित्तीय साक्षरताको खाँचो रहेको औंल्याए। 

बैंक तथा वित्तीय संस्थालाई अन्तर्राष्ट्रियस्तरमा भएका बैंकिङ प्रणालीको विकासलाई मध्ययनजर गरी नेपालमा पनि सोहि अभ्यास गर्नु पर्ने बताउंदै डा. चिरञ्जिवी नेपालले बैंक वित्तीय संस्थाले हरेक दिन र क्षणलाई उपयोग गर्दै नयाँ प्रोडक्ट किन्ने र बेच्ने गर्नु पर्ने बताए। 

६० प्रतिशत सर्वसाधारण नेपालीहरु अझै पनि बैंकिङ च्यानलबाहिर (अनौपचारिक) कारोबार गरिरहेको बताउदै डा. चिरञ्जिवी नेपालले वित्तीय साक्षरता र चेतना अभिवृद्धि गरि उनीहरुलाई बैंकिङ प्रणाली मार्फत कारोबार गर्न गराउन बैंकहरुले भूमिका निर्वाह गर्नु पर्ने बताए।  ‘सरकारले दिएका सहुलियतलाई गाउँगाउँमा पुर्याएर जनतालाई लाभ दिन वित्तीय शिक्षा जरुरी छ’ उनले भने। 

वित्तीय साक्षरताको अभाबमा कतिपय सरकारी सहुलियतबाट सर्वसाधारण नागरिकहरु बन्चित भएको उल्लेख गर्दै उनले राष्ट्र बैंकले भूकम्प पीडितलाई सस्तो ब्याजमा दिने भनेको कर्जा पर्याप्त प्रवाह हुन नसक्नु यसको उदाहरण रहेको बताए।

उद्घाटन अवसरमा बोल्दै डा. चिरञ्जिवी नेपालले बैंकहरुले सर्वसाधारणमा वित्तीय साक्षरता पुर्याउन र ऋण प्रक्रियालाई सरल बनाउनु पर्ने बताए। उनले भारत लगायतका मुलुकमा अन्तर्राष्ट्रियस्तरका बृहत बैंकिङ एक्स्पोहरु संचालन हुने गरे पनि नेपालमा भने यस्तो एक्स्पो संचालन हुन नसकेको बताए। 

कार्यक्रममा नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष अनिलकेशरी शाहले राजधानीबाहिर पनि वित्तीय साक्षरताका कार्यक्रममा आफू पुग्ने गरेको बताए। ‘नयाँ पुस्तालाई बचतको बानी बसाल्न, लगानीको रुख रोप्न र फल चाख्न पनि यस्ता एक्स्पोहरु जरुरी छ’ उनले भने। 

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बैंकिङ जागरणलाई गाउँगाउँमा पुर्याउनु अहिलेको खाँचो रहेको उल्लेख गर्दै आयोजकलाई त्यसतर्फ ध्यान दिन सुझाव दिए। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved